CG Electronics
Ncell NPL
NIMB

प्रभु हेलिकप्टरको यात्रामा १० वर्ष, आइपिओ निष्कासनको अन्तिम चरणमा

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । प्रभु हेलिकप्टर स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा प्रभु हेलि लिमिटेडका अध्यक्ष सुभाष अमात्यले पछिल्लो एक दशकमा प्राप्त साथ र सहयोगप्रति सम्पूर्णमा आभार व्यक्त गर्दै आगामी दिनमा थप गुणस्तरीय सेवा दिनेमा प्रतिबद्धता जनाए । एक दशकअघि तत्कालीन मुक्तिनाथ हेलिकप्टरका नामबाट सञ्चालित कम्पनीलाई प्रभु ग्रुपले २०७२ सालमा सम्पूर्ण शेय खरिद गरी प्रभु हेलिकप्टरका नामबाट सञ्चालनमा ल्याएको हो ।

‘नेपालको विविध र चुनौतीपूर्ण भौगोलिक अवस्थामा सुरक्षित, भरपर्दो र प्रभावकारी हवाई यातायात सेवामा प्रतिबद्ध भइ निरन्तर लागेका छौँ, आगामी दिनमा पनि यात्रु तथा सेवाग्राहीबाट यही खालको माया र विश्वास पाउने अपेक्षा गर्दछौँ ।’प्रभु हेलिकप्टरले विशेषगरी मुलुकको पर्यटन क्षेत्रका साथै आकस्मिक उद्धार, सामग्री ढुवानीलगायतका क्षेत्रमा काम गरिरहेको छ । सुरुवाती चरणमा एउटा रोबिन्सन हेलिकप्टरबाट व्यावसायिक यात्रा सुरु गरेको प्रभुले हाल दुईवटा एयरबस एच १२५ मार्फत उडान सेवा प्रवाह गरिरहेको छ ।

 

कम्पनीले हाल पोखरा, काठमाडौँ र लाङटाङमा हेलिकप्टर टुर तथा साइटसिङ सेवा उपलब्ध गराइरहेको छ भने मुक्तिनाथ, गोसाइकुण्ड, कालीञ्चोक भगवती र लुम्बिनीमा पनि हेलिकप्टर टुर उपलब्ध गराउँदै आएको छ । साथै सगरमाथा, अन्नपूर्ण र माछापुछ्े हिमालको आधार शिविरमा पनि हवाई उडान गर्नुका साथै उद्धारलगायतका सेवा पनि उपलब्ध गराउँदै आएको छ ।

सुरुमा कम्पनी ऐन, २०६३ अन्तर्गत एक निजी लिमिटेड कम्पनीको रूपमा समावेश गरिएको प्रभु हेलिकोप्टर प्रालि २०७९ असार ३० गतेबाट पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भयो थियो । कम्पनीसँग पोखरामा आफ्नै ह्याङर सुविधा पनि उपलब्ध छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा जारी गरिएको एयर अपरेटर प्रमाणपत्र (एओसी) नम्बर ०८१।२१३‑१ अन्तर्गत सञ्चालनमा छ ।
त्यस्तै, प्रभु हेलिकप्टर लिमिटेडले सर्वसाधारणका लागि आइपिओ निष्कासनको तयारी गरेको छ । कम्पनीका अनुसार आइपिओ जारी गर्नका लागि आइपिओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिसकेको छ ।

एफवानसफ्ट (F1Soft) इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल नियुक्त

एफवानसफ्ट (F1Soft) इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:४६

काठमाडौँ, नेपाल, ३ बैशाख २०८३ — एफवानसफ्ट (F1Soft) इन्टरनेशनलले आफ्नो...

एनएमबि क्यापिटलको रेटिङ्ग अपग्रेड, ‘एनएमबि सरल बचत फण्ड–इ’ को आकार १० अर्ब पुर्‍याउन स्वीकृति

एनएमबि क्यापिटलको रेटिङ्ग अपग्रेड, ‘एनएमबि सरल बचत...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:४०

  काठमाडौं । एनएमबि क्यापिटल लिमिटेड ले महत्वपूर्ण उपलब्धि हासिल...

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:३४

काठमाडौं, वैशाख ३ — एन आई सी एशिया बैंक लिमिटेड...

सीजी ब्रान्डद्वारा वर्ष २०८३ का लागि नयाँ वार्षिक अभियान “Experience Life with CG” सार्वजनिक

सीजी ब्रान्डद्वारा वर्ष २०८३ का लागि नयाँ...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २३:१९

काठमाडौँ । नेपालको अग्रणी र सर्वाधिक विश्वासिलो घरेलु उपकरण ब्रान्ड...

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका :...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २३:१३

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...