IME Life
NIMB

इनफर्मेटिक्स कन्सल्टेन्सीले राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई ब्रान्ड एम्बेसडर घोषणा

NIMB
Himalayan Bank

 

काठमाडौं, । इनफर्मेटिक्स कन्सल्टेन्सी (प्रा.) लि. ले एक विशेष समारोहको आयोजना गर्दै राष्ट्रिय क्रिकेट टोलीका तेज बलर श्री करण केसीलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ। नेपालको उच्च शिक्षाको परामर्श क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव बोकेको इनफर्मेटिक्स कन्सल्टेन्सीले पारदर्शी, गुणस्तरीय र विद्यार्थी–केन्द्रित सेवा प्रदान गर्दै आएको छ।

युवापुस्तामा लोकप्रिय र अनुशासित खेलाडीको रूपमा स्थापित श्री केसीको छवि विद्यार्थी र अभिभावकमाझ विश्वास निर्माणमा थप प्रभावकारी हुने विश्वास संस्था पक्षले व्यक्त गरेको छ।

कार्यक्रममा मन्तव्य राख्दै श्री करण केसीले इनफर्मेटिक्स कन्सल्टेन्सीको अभियानमा जोडिन पाउँदा आफूलाई गर्व लागेको बताए। उनले भने, “खेलमा जस्तै शिक्षा र करियरमा पनि निरन्तर अभ्यास, इमानदारी र सही मार्गदर्शन आवश्यक छ। इनफर्मेटिक्सजस्तो अनुभवी संस्थासँग आबद्ध भएर मैले नयाँ जिम्मेवारी लिएको छु, यो अभियानले धेरै युवालाई सहयोग पुग्नेछ भन्ने आशा राखेको छु।”

कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष शेषराज भट्टराई, पूर्व अध्यक्ष दीपक गुरुङ लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

प्रमुख अतिथिको रूपमा उपस्थित नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष श्री राजेन्द्र बरालले इनफर्मेटिक्स कन्सल्टेन्सीको यस पहललाई उदाहरणीय भन्दै शुभकामना व्यक्त गरे। उनले भने, “शिक्षा परामर्श क्षेत्रमा विद्यार्थी र अभिभावकको विश्वास जित्न सक्नु सबैभन्दा ठूलो उपलब्धि हो। खेल, शिक्षा र परामर्श सेवा एकै मञ्चमा जोड्ने प्रयासले परामर्श सेवाको विश्वसनीयता अझै बढ्नेछ।”

इनफर्मेटिक्स कन्सल्टेन्सीका निर्देशक श्री ज्ञानेन्द्र मान जोशीले ब्रान्ड एम्बेसडर घोषणा कार्यक्रमको समापन मन्तव्यमा विशेष सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै यस अभियानको उद्देश्य स्पष्ट पारे। उनले भने, “प्रेरणादायी व्यक्तित्वहरूलाई शैक्षिक सन्देशवाहक बनाउँदा विद्यार्थीहरूमा सकारात्मक सोच र लक्ष्यप्रति प्रतिबद्धता जागृत हुन्छ।”

कार्यक्रमको समापनपश्चात जलपान र अतिथिहरूसँग अन्तरक्रिया सत्र पनि सम्पन्न भएको थियो। इनफर्मेटिक्स कन्सल्टेन्सीले आगामी दिनहरूमा अझ प्रभावकारी कार्यक्रममार्फत अन्तर्राष्ट्रिय शिक्षा यात्रालाई सहज र भरपर्दो बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...