सिटिजन्स बैंकको सदाबहार योजना बाँडफाँड सम्पन्न, नतिजा सार्वजनिक
Saturday Aug 02, 2025
वि.सं.२०८२ साउन १७ शनिवार २१:५३
काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत रहेको ‘सिटिजन्स सदाबहार योजना’ को इकाई बाँडफाँड सफलतापूर्वक सम्पन्न भएको छ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडद्वारा प्रवद्र्धित तथा सिटिजन्स क्यापिटल लिमिटेडद्वारा व्यवस्थापित उक्त योजनामा अत्यधिक उत्साहजनक सहभागिता देखिएको छ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आषाढ १३ गतेदेखि २७ गतेसम्म खुला गरिएको यस योजनामा २५५% भन्दा बढी आवेदन प्राप्त भएको छ। यसले योजना नेपालकै पहिलो यति उच्च ओभरसब्सक्रिप्सन भएको खुलामुखी म्युचुअल फण्डको रूपमा स्थापित गरेको छ।
बाँडफाँड कार्यक्रम आज श्रावण १५ गते, बिहीबार विहान १०:३० बजे सिटिजन्स क्यापिटलको डिल्लीबजारस्थित कार्यालयमा सम्पन्न भयो। कार्यक्रममा योजना व्यवस्थापक, कोष प्रवद्र्धक, केन्द्रीय निक्षेप प्रणाली तथा क्लियरिङ लिमिटेड (CDSC) का प्रतिनिधि तथा लगानीकर्ताहरूको उपस्थिति रहेको थियो।
नतिजा सार्वजनिक भइसकेको छ, र लगानीकर्ताहरूले आफ्नो बाँडफाँड विवरण C-ASBA प्रणाली, सम्बन्धित बैंक तथा वित्तीय संस्थाको शाखा, र सिटिजन्स क्यापिटलको वेबसाइटमार्फत हेर्न सक्नेछन्।




























