CG Electronics
IME Life
Ncell NPL

नेपालमा पहिलो पटक डेल्फी–टीभीएस सीआर इन्जेक्टर टेस्ट बेन्च भित्रियो

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । भारतको प्रतिष्ठित कम्पनी लुकास इन्डियन सर्भिस लिमिटेडद्वारा उत्पादित डेल्फी–टीभीएस ब्रान्डको सीआर इन्जेक्टर टेस्ट बेन्च नेपाल भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा असरफ डिजेल सर्भिसले सीआर इन्जेक्टर अर्थात कमन रेल इन्जेक्टर टेस्ट बेन्च नेपाल भित्र्याएको हो ।

कमर्सियल, हेभी र अन्य डिजेल गाडीमा प्रयोग हुने सो उपकरण प्रयोग गरी गाडीको इन्जेक्टरमा भएको समस्या पहिचान र मर्मत गर्न सकिन्छ । यसबाट बीएस फोर र बीएस सिक्स सबै मोडलका गाडीको इन्जेक्टरमा भएको समस्या थाहा पाउन सकिन्छ ।

लुकास इन्डियन सर्भिस लिमिटेडका सर्भिस हेड बी लक्ष्मणनले भने, ‘गाडीको इन्जेक्टरलाई यसमा भएको इलेक्ट्रोनिक कन्ट्रोल युनिट अर्थात ईसीयूले रिड गर्छ र यसमा भएको समस्यालाई कोडिङ गरेर समाधानको लागि आवश्यक जानकारी उपलब्ध गराउँछ ।’
‘कुनै गाडीको इन्जेक्टरमा समस्या आएमा त्यसको पहिचान गरी लाग्ने आवश्यक रकम समेत मेसिनबाटै प्रिन्ट भएर आउँछ,’ असरफ डिजेल सर्भिसका म्यानेजिङ डाइरेक्टर इरफान अहमदले बताए ।

नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका अध्यक्ष गोपाल भट्टराईले यस प्रकारको मेसिन नभएका कारण इन्जेक्टर र यससँग सम्बन्धित समस्या पहिचान गर्न समस्या भएको तथा गाडी मर्मत गर्दा पनि केही समयमै बिग्रिने अवस्था भएकोले नेपाल भरका अटो मेकानिक्सहरुलाई समस्या पहिचानमा कठिनाई भएको अवस्थामा अब यो मेसिनले धेरै सजिलो बनाउने बताए ।

नेपाल अटो मेकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष ठाकुर प्रसाद न्यौपानेले अन्य सर्भिस सेन्टर भए पनि बीएस फोर र बीएस सिक्सलाई केन्द्रित गरेर ल्याइएको सो मेसिनबाट आगामी दिनमा धेरै सहज हुने बताए ।

असरफ डिजेल सर्भिसले डेल्फी–टीभीएसको सर्भिस सेन्टर सञ्चालन गर्नुका साथै स्पेयर पार्ट्सको समेत कारोबार गर्नेछ । कम्पनीले सवारी साधनका लागि आवश्यक विभिन्न स्पेयर पार्ट्स समेत उत्पादन गर्छ ।

हालै नेपाल सरकारले बीएस सिक्स मोडलका गाडी मात्र नेपाल भित्र्याउने गरी कानुन कार्यान्वयनमा ल्याएको छ । यस सन्दर्भमा डेल्फी–टीभीएसको सीआर इन्जेक्टर पहिलो पटक नेपाल भित्रिएको छ भने यसको सर्भिस सेन्टर र स्पेयर पार्ट्स व्यवसाय समेत सञ्चालनमा आएको छ ।

कामना सेवा विकास बैंकद्वारा वालिङस्थित विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

कामना सेवा विकास बैंकद्वारा वालिङस्थित विद्यालयका विद्यार्थीलाई...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५०

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड ले आफ्नो...

नेपाल बैंकका ग्राहकलाई बि एण्ड बि हस्पिटलमा उपचार शुल्कमा १५ प्रतिशत छुट

नेपाल बैंकका ग्राहकलाई बि एण्ड बि हस्पिटलमा...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:४५

  काठमाडौंमा नेपाल बैंक लिमिटेड र बि एण्ड बि हस्पिटल...

अनामनगरमा ‘एभरेस्ट कफी बिन्स’को नयाँ फ्रेन्चाइज सञ्चालनमा

अनामनगरमा ‘एभरेस्ट कफी बिन्स’को नयाँ फ्रेन्चाइज सञ्चालनमा

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:३८

  काठमाडौं । काठमाडौंस्थित अनामनगर (सिंहदरबार पूर्वीगेट) मा संकल्प इन्भेस्टमेन्ट...

सिटिजन लाइफको ‘सिटिजन लिडर्स मिट’ सम्पन्न, अभिकर्तालाई नेतृत्व र व्यवसायिक सीप विकासमा जोड

सिटिजन लाइफको ‘सिटिजन लिडर्स मिट’ सम्पन्न, अभिकर्तालाई...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:१२

  काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वीरेन्द्रनगर शाखाको...

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:३३

  काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध...

ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानी प्रवद्र्धनका लागि इप्पान, बेलायती दूतावास र डोल्मा एडभाइजर्सबीच छलफल

ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानी प्रवद्र्धनका लागि...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:३१

  काठमाडौं । नेपालको ऊर्जा तथा पूर्वाधार क्षेत्रमा वित्तीय उपकरणहरूमार्फत...