CG Electronics
IME Life
NIMB

ख्याति प्राप्त चिनियाँ अटोमोबाइल कम्पनी अक्वेल नेपाल भित्रियो, ईभी गो नेपाल बन्यो आधिकारिक बिक्रेता

NIMB
Himalayan Bank

 

काठमाडौं, नेपाल । चीनको प्रख्यात कमर्सियल सवारी उत्पादन कम्पनी अक्वेल नेपाल भित्रिएको छ। हालै अक्वेलले ईभी गो नेपाल प्रालिलाई आधिकारिक बिक्रेता नियुक्त गरेसँगै उक्त ब्रान्ड नेपाल आएको हो।

कमर्सिलय सवारी ब्रान्डमा अब्बल दर्जामा रहेको अक्वेलका विद्युतीय माइक्रोबस तथा भ्यान नेपाल आउने भएका छन्। चीनमा करिब दुई दशकदेखि कमर्सियल सवारी उत्पादन गरिरहेको अक्वेल ईभी (चाइना) लिमिटेड पछिल्लो समय विद्युतीय सवारी उत्पादनलाई प्राथमिकतामा राखेको छ।

 

अक्वेल ईभी चाइना र ईभी गो नेपाल प्रालिबीच नेपालका लागि एक्सक्लुसिभ एग्रिमेन्ट भएको हो। अक्वेलले कमर्सियल सवारीको सम्पूर्ण लाइनअप उत्पादन गर्दै आएको छ। ११ सिट क्षमताको विद्युतीय भ्यानदेखि ठूला विद्युतीय बस तथा विद्युतीय पिकअपसमेत उत्पादन गरिरहेको छ।

अक्वेल ब्रान्डका विद्युतीय कमर्सियल सवारी ७० भन्दा बढी देशहरुमा बिक्री हुँदै आइरहेको छ। अब अक्वेलका विद्युतीय कमर्सियल सवारी ईभी गो प्रालिमार्फत नेपालमा उपलब्ध हुने भएको छ।

सुरुमा अक्वेलका ११, १४ र १६ सिट क्षमताका विद्युतीय भ्यान तथा माइक्रोबस नेपाल आउने ईभी गो नेपाल प्रालिका प्रबन्ध निर्देशक अनुमकुमार बरालले जानकारी दिए। यी माइक्रोबस नेपाल आएपछि कम्पनीले अक्वेलका १९ सिट, २५ सिट र २६ सिटभन्दा ठूला विद्युतीय बस नेपाल ल्याउने तयारी कम्पनीले गरेको छ।

कम्पनीले बजारको माग र आवश्यकताअनुसार कार्गो ईभी भ्यान, विद्युतीय पिकअप, मध्यम खालका विद्युतीय ट्रक ल्याउने उल्लेख गरेको छ।

अक्वेलको विद्युतीय सवारी उत्पादन प्लान्ट चीनको फुजियान प्रान्तमा रहेको छ भने कम्पनीको केन्द्रिय कार्यालय सान्डोङ प्रान्तमा रहेको छ। अक्वेलको आफ्नै आरएन्डडी सेन्टर पनि छ, जहाँ सवारी उत्पादनसँग सम्बन्धित अनुसन्धान र विकासको काम हुन्छ।

 


अक्वेल ब्रान्डको मुख्य विशेषताको रुपमा सवारी उत्पादनसँगै स्पेयर पार्टसमा स्पेसियालिटी रहेको छ। चीनका अन्य विद्युतीय कमर्सियल सवारी उत्पादकको तुलनामा अक्वेलले उत्पादन गरेका स्पेयर पार्टस कम मूल्यमा उत्पादन तथा उपलब्ध हुँदै आएको छ।

अक्वेलको आधिकारिक बिक्रेता ईभी गो नेपाल प्रालिले विद्युतीय माइक्रोबस र भ्यान आयातसँगै सर्भिस सेन्टरको निर्माण थालिसकेको छ। सुरुमा काठमाडौंमा सर्भिस सेन्टर निर्माण थालेको कम्पनीले अक्वेलको माइक्रोबस बिक्री हुन थालेसँगै देशका प्रमुख सहरहरुमा सर्भिस सेन्टर विस्तार गर्दै जाने जनाएको छ।

त्यस्तै कम्पनीले अक्वेलका विद्युतीय माइक्रोबस र भ्यानका लागि आवश्यक स्पेयर पार्टस को पर्याप्त उपलब्धताका लागि काम सुरु गरिसकेको छ।

 

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको सामाजिक योगदान

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२४

  काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...