नेपालकै पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई एनआईसी एशिया बैंकद्वारा बधाई
Saturday Sep 13, 2025
वि.सं.२०८२ भदौ २८ शनिवार १३:३८
काठमाडौं । नेपालकै पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीलाई एनआईसी एशिया बैंकले हार्दिक बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
बैंकले शनिबार सार्वजनिक गरेको शुभकामना सन्देशमार्फत कार्कीको नेतृत्वमा मुलुकले समृद्धि र स्थायित्वतर्फको यात्रा अघि बढ्ने विश्वास प्रकट गरेको छ ।
पूर्व प्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई हालै सम्पन्न जेन–जी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा नियुक्त गरेको हो ।



























