Media and Marketing Smart Ideas Pvt. Ltd. Affiliate of Hamro Patro, Inc.
NIMB
TATA Banner

निसानको नयाँ एसयूभीको नाम हुनेछ ‘टेक्टोन’

 

काठमाडौं । निसानले आगामी दिनमा बजारमा ल्याउने सी–सेगमेन्ट एसयूभीको नाम ‘टेक्टोन’ हुने औपचारिक रुपमा जानकारी सार्वजनिक गरेको छ ।

निसान इन्डियाले युट्युब लाइभमार्फत सो जानकारी सार्वजनिक गरेको हो । निसान मोटर कम्पनीका कर्पोरेट एक्जिक्युटिभ अल्फोन्सो अल्बेइसा र सिनियर डिजाइन डाइरेक्टर केन लीले यसको समग्र पक्षका वारेमा जानकारी दिए ।

भारतमा आगामी सन् २०२६ को मध्य देखि बिक्री प्रारम्भ हुने सो एसयूभी ग्लोबल मोडल हुनेछ र यसमा रेनो डस्टरमा प्रयोग गरिएकै प्लेटफर्म प्रयोग हुनेछ ।

कम्पनीका अनुसार निसान टेक्टोनको डिजाइन निसान ब्रान्डको फ्ल्यागसिप प्याट्रोल एसयूभीबाट प्रभावित छ । सो एसयूभीको लुकलाई अन्तिम रुप दिनु पहिले निसान डिजाइन टिमले भारत, जापान र युके लगायतबाट सुझाव लिएको बताइएको छ ।

यसको फ्रन्टमा सी–आकारको एलईडी डे टाइम रनिङ लाइट सिग्नेचर छ, जुन समतल रुपमा फैलिएको एलईडी हेडल्याम्पसँगै -याप गरिएको छ र यो फराकिलो छ । यसको बिचमा ट्विन क्रोम स्लेट र बोल्ड निसान लोगो छ । पछिल्लो भागमा पनि सी–आकारकै एलईडी लाइट बार छ, जुन एङगुलर टेलल्याम्पसँग लिंक भएको छ । यसको डिजाइन डिटेलले हिमालयलाई संकेत गर्ने बताइएको छ ।

हाल निसानले यसको क्याबिन र अन्य जानकारी सार्वजनिक गरेको छैन । यद्यपि यसमा रेनो डस्टरमा भएको फिचर नै हुने अनुमान गरिएको छ । यसको टप स्पेक भेरिएन्टमा १०.१ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन र ७ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर हुनेछ भने ३६० डिग्री क्यामेरा, रियर एसी भेन्ट्स, अटोमेटिक क्लाइमेट कन्ट्रोल र मल्टिपल ड्राइभ मोड लगायतका फिचर हुनेछन् । त्यसैगरी सेफ्टी फिचरको रुपमा ६ एयरब्याग र एडास फिचर समेत हुनेछन् ।

निसान टेक्टोनमा १.३ लिटर टर्बो पेट्रोल इन्जिन हुनेछ, जसले १५४ एचपी पावर र २५० एनएम टर्क जेनेरेट गर्नेछ । यसलाई ७–स्पिड ड्युअल क्लच अटोमेटिक गियरबक्ससँग जोडिने छ । यसको गियरबक्स र अन्य थप जानकारी भने सार्वजनिक गरिएको छैन ।

निसान टेक्टोनसँगै निसानले हाल बजारमा लोकप्रिय हुन्डाई क्रेटा, किया सेल्टोस र सुजुकी ग्रान्ड भिटारा लगायतसँग प्रतिस्पर्धा गर्ने तयारी गरेको छ ।

आजबाट सुरु भयो एमएडब्लु वृद्धिको एक्सचेन्ज मेला पहिलो दिन ग्राहकको उत्साहकजनक सहभागिता

आजबाट सुरु भयो एमएडब्लु वृद्धिको एक्सचेन्ज मेला...

वि.सं.२०८२ असोज २४ शुक्रवार २०:४२

  काठमाडौं । नेपालको अग्रणी अटोमोबाइल समूह एमएडब्लु वृद्धिले आजबाट...

टीभीएसको नयाँ एड्भेन्चर मोटरसाइकल अक्टोबर १५ मा लन्च हुने

टीभीएसको नयाँ एड्भेन्चर मोटरसाइकल अक्टोबर १५ मा...

वि.सं.२०८२ असोज २३ बिहीवार २२:२०

काठमाडौं । टीभीएसको नयाँ एड्भेन्चर मोटरसाइकल आगामी अक्टोबर १५ मा...

चाइनिज कार क्रेज : बेलायतमा बिक्री भएका टप १० कारमध्ये ३ चाइनिज ब्रान्ड

चाइनिज कार क्रेज : बेलायतमा बिक्री भएका...

वि.सं.२०८२ असोज २३ बिहीवार २२:१५

काठमाडौं । चाइनिज कारको क्रेज विश्वभर बढिरहेको छ । यसै...

चीनको नयाँ सोलिड स्टेट ब्याट्री प्रविधि, इलेक्ट्रिक गाडी उद्योगमा नयाँ युग सुरु हुने संकेत

चीनको नयाँ सोलिड स्टेट ब्याट्री प्रविधि, इलेक्ट्रिक...

वि.सं.२०८२ असोज २३ बिहीवार २२:१०

काठमाडौं ।चिनियाँ विज्ञान प्रतिष्ठानले सोलिड स्टेट लिथियम ब्याट्रीमा नयाँ आविष्कार...

टीभीएसले ल्याउँदैछ २०२५ रेडर १२५, ड्युअल डिस्क र सुपर मोटो एबीएससहित

टीभीएसले ल्याउँदैछ २०२५ रेडर १२५, ड्युअल डिस्क...

वि.सं.२०८२ असोज २३ बिहीवार २२:००

  काठमाडौं ।टीभीएस मोटरले आफ्नो नयाँ संस्करण २०२५ टीभीएस रेडर...

ड्युअल डिस्क र सिंगल च्यानल एबीएससहित टीभीएस रेडर १२५ सार्वजनिक

ड्युअल डिस्क र सिंगल च्यानल एबीएससहित टीभीएस...

वि.सं.२०८२ असोज २३ बिहीवार २१:५४

  काठमाडौं ।टीभीएसले रेडर १२५ को ड्युअल डिस्क भेरिएन्ट लन्च...