CG Electronics
IME Life
NIMB

दराजद्वारा १०.१० तिहार महोत्सवको घोषणा, आकर्षक अफरहरू सहित अत्यधिक बचतको सुवर्ण अवसर

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं, २३ असोज । देशभर झिलिमिली तथा उजेलीको पर्वका रुपमा परिचित तिहारको तयारी चलिरहेका बेला, नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहु प्रतिक्षित १०.१० तिहार महोत्सवको आयोजना गर्ने घोषणा गरेको छ । पहिलोपटक, यो सेल अक्टोबर ९ (असोज २३)को राति ८ बजेबाटै लाइभ हुने जानकारी दिइएको छ । यसले उपभोक्तालाई आफ्ना दैनिक काम सकिए लगतैको समयमा उपलब्ध गरिएका विशेष अफरहरूको लाभ उठाउने सुवर्ण अवसर प्रदान गर्नेछ । आकर्षक अफरहरू मार्फत अत्यधिक बचत गर्न सघाउने र चाडपर्वको अवसरमा अझ रोमाञ्चक अनुभव प्रदान गर्ने सोचका साथ घोषित यो महोत्सव अक्टोबर १६ (असोज ३०) सम्म चल्ने जानकारी दिइएको छ ।

दराजले यस वर्षको तिहारलाई थप अर्थपूर्ण तथा रोमाञ्चक बनाउने सोचका साथ महोत्सव मार्फत ७०% सम्मको छुट, निःशुल्क होम डेलिभरी, र रु. १ लाखभन्दा बढीको खरिदमा रु. १०,००० सम्मका फ्ल्याट भौचरहरू पनि उपलब्ध गराउने तयारी गरेको छ । तिहारको तयारीमा व्यस्त होइने यस समयमा, उपभोक्ताहरूले महोत्सव अवधिभर उपलब्ध हुने दैनिक फ्ल्याश सेल, विशेष अफरहरू, र आकर्षत मूल्य मार्फत हरेक दिन नयाँ सौगात प्राप्त गर्न सक्नु हुनेछ । महोत्सव अवधिभर १०.१० लाई थप रोमाञ्चक बनाउने उद्देश्यका साथ यस वर्षको प्ल्याटिनम पार्टर ब्रान्डहरू सिताफिल र रोह्टोले ४०% सम्म छुट प्रदान गर्दैछन् भने गोल्ड पार्टनरहरू एईविबी, ब्राण्डहाउस र मारिकोले ६०% सम्मको उत्सवमय बचत उपलब्ध गराउने बताइएको छ ।

यसै क्रममा, दराजले आफ्को विशेष ब्रान्ड गन्तव्य, दराजमलमार्फत उपभोक्तालाई १००% असली उत्पादनको आश्वासन प्रदान गर्नेछ । यसमा उपलब्ध गरिएका कुनै उत्पादन नक्कली भएको प्रमाणित भएमा कम्पनीले त्यसको तीन गुणा क्याश ब्याक ग्यारेन्टि दिने व्यवस्था गरेको छ । दराजमल मार्फत ग्राहकहरूले सिताफिल, सियाओमी, अल्टिमा लाइफस्टाइल, मसलब्लेज लगायतका अग्रणी ब्रान्डहरूका उत्पादनहरूमा विशेष छुटसहित निश्चिन्तताको प्रत्याभुती पाउनेछन् ।Nabil Bank 2082

तिहारलाई नयाँ लुगा, नयाँ शैली र नयाँ सुरुवातको उत्कृष्ट अवसरका रूपमा पनि लिइन्छ । यसै कुरालाई विशेष दृष्टिगत गर्दै दराजले यस तिहारमा फेशनलाई अझ ब्यापक बनाउँदै बोस्सिनी, किलोमिटर, लोट्टो, भ्यान्स, कन्भर्स, एर्के र नाइक जस्ता अग्रणी फेसन ब्रान्डहरूमा ५०% वा सोभन्दा बढी छुट उपलब्ध गराउने ब्यवस्था मिलाएको छ ।

उपभोक्ताहरु माझ विशेष लोकप्रिय निःशुल्क डेलिभरी सुविधालाई पनि दराजले निरन्तरता दिनेछ । चुनिएका उत्पादनहरुमा न्यूनतम रु. ४९९को खरिद गर्दा उपभोक्ताहरुले निःशुल्क होम डेलिभरी सुविधा प्राप्त गर्न सक्नुहुनेछ । यस सुविधाको लाभ उठाउनका लागि भने ग्राहकहरूले दराज एपको होमपेजमा रहेको “फ्रि डेलिभरी” ब्यानरमा क्लिक गरी सम्बन्धित भौचर संकलन गर्नुपर्ने हुन्छ ।

अत्यधिक छुट, दैनिक फ्ल्याश सेल, बैंक अफर र सीमित समयका मेगा डिलहरू प्रदान गर्दै तिहार महोत्सव मार्फत आफ्ना उपभोक्तालाई यस वर्षकै सर्वाधिक फाइदाजनक अनलाइन किनमेल अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ । दराज नेपालले सम्पूर्ण उपभोक्तालाई यस तिहारमा “आकर्षक अफरहरू र अत्यधिक बचत मार्फत पर्व सुहाउँदो रमाइलो किनमेल अनुभव का साथ हर्षोल्लासमय तरिकाले किनमेल अनुभव लिनका लागि सबैलाई हार्दिक आमन्त्रण गरेको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...