CG Electronics
IME Life
NIMB

नामीको सफलता यात्रा: १,००० ईभी नेपाली सडकमा गुड्दै

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपाली सडकमा १ हजार भन्दा बढी नामी ईभी गुड्न थालेका छन् । यही खुसीयालीमा नामीको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु वृद्धि मोटर्सले खुसीयाली मनाएको छ । हालै सम्पन्न एमएडब्ल्यु वृद्धि एक्सचेन्ज कार्निभलको समापनसँगै सो खुसीयाली मनाइएको हो ।

पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटरले पावर दिने नामीले ७० किलोवाटको पावर र १६० एनएमको टर्क जेनेरेट गर्छ । यो ईभी ३१.४ किलोवाट आवर र ४२.३ किलोवाट आवर गरी दुई ब्याट्री अप्सनमा उपलब्ध छ जसको रियल लाइफ रेन्ज ४३० किलोमिटर (सीएलटीसी) रहेको छ । नामीको पर्फमेन्सलाई यसका इन्टेलिजेन्ट फिचरले अझ परिस्कृत बनाएको छ जसले सिटी ड्राइभिङका लागि यसलाई बेजोड बनाउछ ।

नामीले आफ्नो सेग्मेन्टमा लक्जरी र इन्टेलिजेन्टको नयाँ मापदण्ड स्थापित गरेको छ । कम्पनीले यसलाई ‘बिग ह्याच विट फाइभ स्टार लक्जरी’ भनेको छ । यसको लक्जरियर इन्टेरियर र अत्याधुनिक स्मार्ट प्रविधि यसको स्लिक डिजाइनमा राम्रोसँग सम्मीश्रित छ । यसमा सेग्मेन्ट फस्ट वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस डोर, फ्लस डोर ह्यान्डल, अटो पार्किङ, टेबल टपसहितको प्यासेन्जर ड्रअर पनि रहेको छ । साथै इन्टेलिजेन्ट एसी सिस्टम, बेबी केयर मोड, रेस्ट मोड, रेन डिटेक्सन, हिटेड र भेन्टिलेटेड सिटले यो कारको कम्फर्ट र कन्भिनियन्सलाई अझ माथि पुर्याएको छ र हरेक यात्रालाई प्रिमियम बनाउछ ।

गाडीमा लेभल २ एडीएएस स्ट्यान्डर्ड सुरक्षा प्रणाली र १२.८ इन्चको उन्नत इन्फोटेनमेन्ट कन्सोल पनि छ जसले अनुपम आराम, सुरक्षा र प्रविधि प्रदान गर्दछ। बोल्ड, सेक्सी डिजाइन र जीवन्त रंगहरूको विकल्पको साथ नामी छिट्टै नै शैली र दिगोपन खोज्ने समकालीन चालकहरूको लागि आकर्षक विकल्प बनेको छ।

नेपालमै पहिलोपटक, २२ अगस्ट २०२४ मा, सोल्टी होटलमा आयोजित विशेष कार्यक्रममा सबिन राई एण्ड द फ्यारोको लाइभ कन्सर्ट र फेशन शोमार्फत नामीले आफ्नो भव्य डेब्यु गरेको थियो। नामीले नाडा अटो शो २०८१ मा ७२० भन्दा बढी बुकिङहरूको रेकर्ड पनि कायम गरेको थियो।

सबैभन्दा पहिले २०८१ मंसिरको अन्त्य सम्ममा ३०० नामी ईभी नेपाली सडकमा गुड्न थालेको कम्पनीले घोषणा गरेको थियो । त्यसपछि गत २०८१ फागुन चौथो सातामा सम्पन्न ईभी कार्निभलको अवसरमा ५०० ईभीको माइलस्टोन मनाएको थियो ।

नेपाल भित्रिएको एक वर्ष पुगेको अवसरमा सो विशेष अवसरलाई स्मरण गर्न नाडा अटो शो २०२५ को सन्दर्भमा नामीले आफ्नो स्टलमा ग्राहक, सरोकारवाला, अटो ब्लगर र सञ्चारकर्मीहरूको उपस्थितिमा केक काटेर उत्सव मनाएको थियो ।

फ्युचरिस्टिक ह्याचब्याक ईभीप्रेमीलाई सुहाउने गरी नामी ई१, नामी ई२ र नामी ई३ गरी तीन भेरिएन्टमा उपलब्ध छ जसको सुरुवाती मूल्य क्रमशः ३० लाख २४ हजार, ३२ लाख ४९ हजार र ३५ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...