CG Electronics
Ncell NPL
NIMB

जेडटिईको नुबिया नियो ३ जीटि फाइभ जी नेपालमा सार्वजनिक : शक्ति र प्रदर्शनको उत्कृष्ट संयोजन

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । ग्लोबल टेक जायन्ट जेडटिईले नुबिया नियो ३ जीटि फाइभ जी नेपालमा सार्वजनिक गरेको छ । विशेषगरी गेमिङका पारखीहरुलाइ शक्ति, गति र शैली एकैसाथ प्रदान गर्ने उद्धेश्यले यस स्मार्टफोनको डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

नयाँ जेडटिई नुबिया नियो ३ जीटि फाइभ जीमा अत्याधुनिक डिजाइनसँगै उत्कृष्ट प्रदर्शन रहेको छ। १२ जिबि RAM र २५६ जिबि स्टोरेज सहितको यो गेमिङ पावरहाउसको मूल्य रु. ३६,९९९/- तोकिएको छ, र अहिले जगदम्बा मोबाइल्समार्फत शुन्य प्रतिशत ब्याजमा मासिक किस्ताबन्दी सुविधासहित उपलब्ध छ। यो संगै प्रयोगकर्ताहरूले अब जेडटिई नुबिया नियो ३ जीटि फाइभ जी केवल रु. १४,८०० डाउन पेमेन्टमा खरिद गर्न सक्नेछन्।

गेमिङ अनुभवलाई नयाँ स्तरमा पुर्याउने यस गेमिंग स्मार्टफोनमा ६.७८ इन्चको ओएलईडी गेमिङ डिस्प्ले रहेको छ, जसले जीवन्त र स्मूथ भिजुअल प्रदान गर्छ। ४०८३mm² भीसी लिक्विड कुलिङ सिस्टमले लामो समय गेम खेल्दा पनि स्थिर प्रदर्शन सुनिश्चित गर्छ, र शोल्डर ट्रिगर्सले नियन्त्रणमा थप सटीकता र सहजता प्रदान गर्छ।

२.७ गिगाहर्जको शक्तिशाली युनिसक T9100 प्रोसेसर, ६०००mAh ब्याट्री र ८०W फास्ट चार्जिङले निरन्तर गेमिङ प्रदर्शन र न्यूनतम डाउनटाइम सुनिश्चित गर्छ।

आकर्षक डिजाइन, शक्तिशाली ब्याट्री र उचित मूल्यको सन्तुलन रहेको यस जेडटिई नुबिया नियो ३ जीटि फाइभ जीले नेपाली गेमरहरुको अनुभवलाई नयाँ परिभाषा दिने विश्वास कम्पनीले लिएको छ ।

 

एफवानसफ्ट (F1Soft) इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल नियुक्त

एफवानसफ्ट (F1Soft) इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:४६

काठमाडौँ, नेपाल, ३ बैशाख २०८३ — एफवानसफ्ट (F1Soft) इन्टरनेशनलले आफ्नो...

एनएमबि क्यापिटलको रेटिङ्ग अपग्रेड, ‘एनएमबि सरल बचत फण्ड–इ’ को आकार १० अर्ब पुर्‍याउन स्वीकृति

एनएमबि क्यापिटलको रेटिङ्ग अपग्रेड, ‘एनएमबि सरल बचत...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:४०

  काठमाडौं । एनएमबि क्यापिटल लिमिटेड ले महत्वपूर्ण उपलब्धि हासिल...

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:३४

काठमाडौं, वैशाख ३ — एन आई सी एशिया बैंक लिमिटेड...

सीजी ब्रान्डद्वारा वर्ष २०८३ का लागि नयाँ वार्षिक अभियान “Experience Life with CG” सार्वजनिक

सीजी ब्रान्डद्वारा वर्ष २०८३ का लागि नयाँ...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २३:१९

काठमाडौँ । नेपालको अग्रणी र सर्वाधिक विश्वासिलो घरेलु उपकरण ब्रान्ड...

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका :...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २३:१३

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...