CG Electronics
IME Life
NIMB

टोकियो मोटर शोमा बीवाईडीको नयाँ ईभी ‘राको’ अनावरण, जापानी बजारका लागि विशेष डिजाइन

NIMB
Himalayan Bank

टोकियो । चिनियाँ अटोमेकर बीवाईडी (BYD) ले टोकियो मोटर शोमा जापानी बजारका लागि विशेष रूपमा डिजाइन गरिएको आफ्नो पहिलो शुद्ध इलेक्ट्रिक केई कार ‘राको’ सार्वजनिक गरेको छ। कम्पनीले यो मोडलको बिक्री आगामी वर्षदेखि सुरु हुने जनाएको छ।

जापानको अटोमोबाइल बजारमा केई कारहरूको हिस्सा करिब एक तिहाइ रहेको छ। यस्ता साना आकारका कारहरू जापानमा अत्यन्त लोकप्रिय मानिन्छन्, जसमा प्रायः सबैजसो ब्रान्डहरूले आफ्ना मोडल प्रस्तुत गर्छन्। बीवाईडी ‘राको’को सुरुवाती मूल्य करिब २.६ मिलियन येन (झण्डै १७ हजार अमेरिकी डलर) हुने अनुमान गरिएको छ। यो मोडल जापानमा एटो ३, डल्फिन, सिल र सिलियन ७ पछि बीवाईडीको पाँचौं मोडल हुनेछ।

‘राको’मा २० किलोवाट–आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ, जसले एकपटकको चार्जमा करिब १८० किलोमिटर दूरी तय गर्न सक्ने कम्पनीको दाबी छ। ४ सिट क्षमताको यो कारको लम्बाइ ३३९५ एमएम, चौडाइ १४७५ एमएम र उचाइ १८०० एमएम रहेको छ।

परम्परागत जापानी केई कारबाट प्रेरित ‘राको’को डिजाइन निकै आकर्षक बनाइएको छ। यसमा पछाडिको स्लाइडिङ ढोका सहित चारवटा ढोका छन्। अगाडि क्लोज्ड ग्रिल डिजाइनलाई ‘सी’ आकारको हेडलाइटसँग जोडिएको छ भने पछाडितर्फ गोलाकार थ्रु–टाइप टेललाइट राखिएको छ।

१०० किलोवाट क्षमताको डीसी फास्ट चार्जर सपोर्ट गर्ने यस कारमा अगाडितर्फ इलेक्ट्रिक मोटर जडान गरिएको छ। भित्री भागमा डिजिटल इन्स्ट्रुमेन्ट प्यानल, सेन्ट्रल कन्ट्रोल टचस्क्रिन, थ्री–स्पोक स्टेयरिङ ह्वील र ड्यासबोर्डमा आयताकार वातानुकूलन आउटलेट राखिएको छ।

बीवाईडीको यो नयाँ ‘राको’ जापानमा सस्तो, व्यावहारिक र शहरी प्रयोगका लागि उपयुक्त इलेक्ट्रिक सवारीका रूपमा प्रस्तुत गरिएको छ।

२३ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड भदौ १८ गते, मुख्य प्रायोजकमा गोल्छा ग्रुप

२३ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड भदौ...

वि.सं.२०८३ साउन ९ शनिवार १७:१४

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष...

म्याक्ससको नयाँ इलेक्ट्रिक पिकअप ‘ई–टेरोन ९ कम्फर्ट’ नेपालमा, पहिलो ५० ग्राहकलाई ८८ लाखमै

म्याक्ससको नयाँ इलेक्ट्रिक पिकअप ‘ई–टेरोन ९ कम्फर्ट’...

वि.सं.२०८३ साउन ८ शुक्रवार ०७:५६

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रक्स प्रालिले नेपाली...

जीडब्लुएम ओरा–५ ले एक महिनामै बनायो प्रिमियम विद्युतीय एसयूभी बजारमा बलियो उपस्थिति

जीडब्लुएम ओरा–५ ले एक महिनामै बनायो प्रिमियम...

वि.सं.२०८३ साउन ७ बिहीवार २१:४३

  काठमाडौं। नेपालमा औपचारिक रूपमा सार्वजनिक भएको एक महिनामै जीडब्लुएम...

TVS मोटर कम्पनीले नेपालमा TVS ORBITER सार्वजनिक गर्‍यो – स्मार्ट, दिगो र सहरी EV यात्राको समाधान

TVS मोटर कम्पनीले नेपालमा TVS ORBITER सार्वजनिक...

वि.सं.२०८३ साउन ७ बिहीवार १७:३४

  • 158 km IDC रेन्ज, क्रुज कन्ट्रोल, हिल होल्ड...

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेकले जिते बीवाइडी अटो १ ईभी कार

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:४२

  काठमाडौं । साउदी अरेबियाबाट टिक्मोमार्फत आइएमई गरेर नेपाल पैसा...

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:५९

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...