CG Electronics
IME Life
Ncell NPL

सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’ कार्यक्रम सम्पन्न

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्व, मध्य–पश्चिम र काठमाडौँ उपत्यकाका क्षेत्रीय स्तरमा “अवार्ड सेरेमोनी एन्ड स्किल इन्हान्स्मेन्ट कार्यक्रम” सफलतापूर्वक सम्पन्न गरेको छ।

यस कार्यक्रमअन्तर्गत भदौ २१ गते सोल्टी वेस्टएण्ड, इटहरीमा पूर्व क्षेत्रका लागि, कात्तिक १४ गते टाइगर प्यालेस रिसोर्ट, सोाल्टी, भैरहवामा मध्य–पश्चिम क्षेत्रका लागि, कात्तिक २१ गते टिका रिसोर्ट, लेकसाइड पोखरामा मध्य–पश्चिम क्षेत्रका लागि तथा कात्तिक २२ गते स्मार्ट प्यालेस, चाबहिल, काठमाडौँमा मध्य क्षेत्रका लागि कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रमको उद्देश्य सिटिजन लिडरहरूबीच आत्मविश्वास, प्रेरणा र आपसी सहकार्य (फेलोशिप) प्रवर्द्धन गर्नुका साथै बिक्री सीपमा नवीकरण गर्दै अझ पेशेवर (Professional) लिडरहरू तयार पार्नु रहेको थियो। प्रत्येक कार्यक्रममा २५० देखि ३६० जनासम्म सहभागी थिए।
कार्यक्रमका क्रममा आर्थिक वर्ष २०८१/८२ का “ब्रोनज क्लब” क्वालिफायरहरूलाई सम्मान गरिनुका साथै विभिन्न दिनहरूमा “हिरो अफ द डे” उपाधि प्राप्त लिडरहरूलाई पनि पुरस्कार प्रदान गरिएको थियो।

तालिम सत्र कम्पनीका ट्रेनिङ विभाग प्रमुख, प्रमुख व्यवसाय अधिकृत (CBO), प्रमुख बजार व्यवस्थापन अधिकृत (CMO) र प्रमुख कार्यकारी अधिकृत (CEO) द्वारा संचालन गरिएको थियो, जसले सहभागीहरूमा उच्च स्तरको उत्साह र प्रेरणा जागृत गरेको थियो।

कार्यक्रमपछि मनोरञ्जनात्मक सत्रको आयोजना गरिएको थियो, जहाँ चर्चित लोकगायक मिलन लामाले पोखरा र काठमाडौँमा प्रस्तुतिका माध्यमबाट कार्यक्रमलाई झनै उत्साहपूर्ण बनाएका थिए। कार्यक्रम अत्यन्तै उत्साहजनक, जीवन्त र सफलतापूर्वक सम्पन्न भएको कम्पनीले जनाएको छ। सहभागीहरू कार्यक्रमबाट प्रेरित, ऊर्जाशील र उत्साहित बनेका छन्।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सधैं आफ्नो लिडरहरूमा सकारात्मक ऊर्जा र खुसी फैलाउने विश्वास राख्दै आएको छ। कम्पनीका अनुसार, कडा परिश्रम गर्ने लिडरहरूको सम्मान र पुरस्कृत गर्नु कम्पनीको नीति तथा संस्कृतिको अभिन्न अङ्ग हो। निकट भविष्यमा पश्चिम तथा हेटौँडा क्षेत्रका कार्यक्रमहरू पनि सम्पन्न गरिने कम्पनीले जानकारी दिएको छ।

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ सुरु

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५५

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र...