IME Life
NIMB

वर्तमान सरकार अवैधानिक तरिकाले लोकतन्त्रको विरुद्ध निर्माण भयौ : ओली

NIMB
Himalayan Bank

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकार अवैधानिक तरिकाले लोकतन्त्रको विरुद्धमा निर्माण भएको बताएका छन् ।

शनिबार भृकुटीमण्डपमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले यो सरकार हिंसा, अशान्ति, आगजनी, तोडफोड र लुटपाटबाट बनाइएको भन्दै यसलाई संविधानले कुनै हालतमा उचित भन्न नसक्ने बताए ।

उनले भने, ‘हामी सबैलाई थाहा भएको कुरा हो, देशमा संविधान अनुसार नबनेको सरकार छ । संविधान मिचेर बनाएको सरकार छ । लोकतान्त्रिक प्रणालीलाई अस्वीकार गरेको सरकार छ । यो सरकार अवैधानिक तरिकाले लोकतन्त्रको विरुद्धमा निर्माण गरिएको हिंसा, अशान्ति, आगजनि, तोडफोड र लुटपाटबाट बनाइएको सरकार भनेर सबै नेपाली जनतालाई थाहा छ । सरकारलाई संविधानले कुनै हालतमा उचित भन्न सक्दैँन् । यसको उत्पत्ति नै गलत बाटोबाट भएको छ ।’

यस्तै, कसैले अवैध र असंवैधानिक, अलोकतान्त्रिक तरिकाले, एकछिनका लागि सत्ता र सरकार कब्जा गरिहाल्यो भने पनि नेकपा एमालेले त्यसलाई छिटै अन्त्य गर्ने पनि उनको दाबी छ ।

उनले भने, ‘कसैले कुनै हिसाबले कुनै अवैध र असंवैधानिक, अलोकतान्त्रिक, असामाजिक तरिकाले यस देशमा कुनै गडबढी मचाएर एकछिनका लागि सत्ता कब्जा गरिहाल्यो, सरकार कब्जा गरिहाल्यो भने त्यस अवस्थालाई फेरि लोकतान्त्रिक अवस्थामा फर्काउने छौं । फेरि संवैधानिक बाटोमा फर्काउने छौ । मिचिएको संविधानलाई नमिचेको अवस्थामा फेरि फर्काउने छौ । अराजकताको राज धेरै लामो समयसम्म टिक्न सक्दैँन् । नेकपा एमालेले त्यसलाई छिटै अन्त्य गर्छ ।’

उनले आफूहरूले सामाजिक सञ्जाल नियमन गर्ने प्रयास गरिरहेको बेलामा जेनजीको नाममा युवाहरुलाई दुरुपयोग गरेर आन्दोलनको लागि उकासेको बताए ।

उनले भने, ‘संसारमा जेनजी नामको अस्वभाविक शब्द अगाडि सारिएको छ । यसरी जेनजीका नाममा युवाहरूलाई भ्रममा पर्ने र उनीहरूको सेन्टिमेन्टलाई दुरुपयोग गर्ने काम भयो । भ्रष्टाचारको विरुद्ध हामी लडिरहेका थियौँ ।

सुशासन र विकासको पक्षमा हामी लडिरहेका थियौँ । देशमा प्रेस स्वतन्त्रताको पक्षमा हामी दृढ भएर उभिएका थियौं । हामीले हाम्रो देशको कानुन मानेर काम गरिरहेका थियौँ । त्यस्तो बेलामा युवाहरुलाई जेनजीका नाममा आन्दोलनको लागि उकासियो, हामीले त्यसको विरोध गरेनौ तर भदौ २३ गतेको आन्दोलनको पछाडि षड्यन्त्र लुकेको थियो । त्यसपछिको घटना सबै षडयन्त्र थियो र त्यही षडयन्त्रबाट देश पनि जल्यो ।’

नेकपा एमाले चुनाव लड्न, सरकारमा पुग्न, सांसद हुन, मन्त्री, प्रधानमन्त्री हुनको लागि बनाइएको नभई देश र जनताको लागि बनाइएको पार्टी भएको पनि उनको दाबी छ ।

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...