CG Electronics
IME Life
NIMB

सीजी मोटर्सद्वारा अफर सार्वजनिक, एक्सपेङ जी६ मा अपग्रेड गर्ने सुनौलो अवसर

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं- नेपालमा एक्सपेङ इलेक्ट्रिक भेइकलको आधिकारिक वितरक सीजी मोटर्सले ‘एक्सपेङ एक्सपेरियन्स अपग्रेड टु एक्सिलेन्स’ नामक नयाँ विशेष क्याम्पेन सार्वजनिक गरेको छ।

यसमार्फत ग्राहकलाई अत्याधुनिक एक्सपेङ ईभीमा सहज र लाभदायक रूपले अपग्रेड गर्ने विशेष एक्सचेन्ज क्याम्प अफर उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

अफरअन्तर्गत ग्राहकले आफ्नो पुरानो सवारीसाधन एक्सचेन्ज गरी एक्सपेङ जी६ मा अपग्रेड गर्ने अवसर पाउनेछन्। एक्सपेङ जी६ ४४० एनएम टर्क, एडभान्स्ड अटो-पाइलट तथा अटो-पार्किङ प्रणाली, ५ स्टार युरो एनक्याप सुरक्षा रेटिङ र ५०:५० वेट-डिस्ट्रिब्युसन जस्ता उत्कृष्ट विशेषताले सुसज्जित नयाँ पुस्ताको प्रिमियम इलेक्ट्रिक एसयूभी हो।

स्मार्ट र परिष्कृत ड्राइभिङ अनुभव प्रदान गर्ने एक्सपेङ जी६ ले आधुनिक ईभी प्रविधिलाई उपभोक्तासम्म ल्याउनुका साथै यसको वर्गमै अग्रणी प्रदर्शन दिने कम्पनीको दाबी छ।

ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै अफरमा ६.३ प्रतिशत आकर्षक ब्याजदर, विशेष क्यास लाभहरू, १ वर्षको इन्स्योरेन्स (अटोप्लस), १ वर्षको रोड-ट्याक्स, प्रिमियम एसेसरिज, ६.६ किलोवाट वाल-माउन्ट चार्जर, ३.३ किलोवाट ट्राभल चार्जरका साथै ब्ल्याक-डेकर कार वासर तथा भ्याकुम क्लिनर समावेश गरिएको छ कम्पनीले जानकारी दिएको छ।

कम्पनीका अनुसार क्याम्पेनलाई अझ रोमाञ्चक बनाउँदै, अवधिभर टेस्ट ड्राइभ गर्ने प्रत्येक ग्राहकलाई विशेष गिफ्ट ह्याम्पर प्रदान गरिनेछ। भविष्यमुखी सम्पन्न डिजाइन, अत्याधुनिक स्मार्ट फिचरहरू र ग्राहक सन्तुष्टिप्रतिको अटल प्रतिबद्धतासहित एक्सपेङ नेपालमा इलेक्ट्रिक मोबिलिटीको नयाँ मापदण्ड स्थापना गर्दै अगाडि बढिरहेको बताइएकाे छ ।

चांगान अटो पोर्चुगल राष्ट्रिय फुटबल टोलीको ग्लोबल पार्टनर, रोनाल्डोको टिमसँग रणनीतिक सहकार्य

चांगान अटो पोर्चुगल राष्ट्रिय फुटबल टोलीको ग्लोबल...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:४६

  काठमाडौँ । चिनियाँ अटोमोबाइल कम्पनी चांगान अटोमोबाइल पोर्चुगल राष्ट्रिय...

एथरको बिर्तामोडमा नयाँ एक्सपिरियन्स सेन्टर, प्रिमियम इलेक्ट्रिक स्कुटर बजार विस्तारमा जोड

एथरको बिर्तामोडमा नयाँ एक्सपिरियन्स सेन्टर, प्रिमियम इलेक्ट्रिक...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:२७

  बिर्तामोड । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्राण्ड एथर...

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री सुरु

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:०५

  काठमाडौँ । नेपालका लागि दिपल ब्राण्डका फ्युचरिस्टिक तथा इन्टेलिजेन्ट...

नाइमा नेपाल मोबिलिटी एक्सपो साउन २६ देखि, जेठ १९ भित्र स्टल बुकिङ गर्न आग्रह

नाइमा नेपाल मोबिलिटी एक्सपो साउन २६ देखि,...

वि.सं.२०८३ जेठ ८ शुक्रवार १३:१२

  काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)...

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २३:२४

काठमाडौं, नेपाल - १९ मे, २०२६ - डोङफेङ मोटरको एक...

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड एम्बास्डर नियुक्त

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २२:५२

  काठमाडौं । नेपालको अटोमोटिभ तथा ऊर्जा क्षेत्रमा सक्रिय एसटीसीअन्तर्गतका...