CG Electronics
IME Life
NIMB

एनएमबि बैंकद्वारा पाटा र भिसा सँगको सहकार्य-सफ्ट POS प्रविधि प्रयोग विस्तार

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । एनएमबि बैंक लिमिटेडले प्यासिफिक एशिया ट्राभल एसोसिएसन (PATA) नेपाल च्याप्टर र Visa सँग सहकार्य गर्दै डिजिटल भुक्तानी प्रविधि एनएमबि सफ्ट POS को प्रयोग विस्तार गर्न त्रिपक्षीय सम्झौता गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो।

सफ्ट POS प्रविधि प्रयोग गरेपछि व्यवसायीहरूले भौतिक POS मेसिनबिना नै NFC–समर्थित एंड्रोइड स्मार्टफोन प्रयोग गरी डिजिटल कार्ड भुक्तानी सहज रूपमा स्वीकृत गर्न सक्नेछन्। यसले भुक्तानी प्रक्रिया थप छरितो, सुरक्षित र सरल बनाउने बैंकको भनाइ छ।

PATA नेपाल च्याप्टरले होटल, ट्राभल एजेन्सी, एयरलाइन्सलगायत पर्यटन उद्योगलाई प्रतिनिधित्व गर्दै आएको छ। नयाँ सहकार्यमार्फत पाटाका सदस्यहरूलाई डिजिटल भुक्तानी प्रविधिमा अभ्यस्त बनाउँदै पर्यटन क्षेत्रमा आधुनिक भुक्तानी प्रणालीको प्रयोग बढाउने उद्देश्य राखिएको छ।

एनएमबि बैंकका अनुसार सफ्ट POS को विस्तारले पर्यटक र सेवा लिने ग्राहकहरूलाई सहजता प्रदान गर्ने, डिजिटल कारोबार वृद्धि गर्ने तथा वित्तीय पहुँच विस्तारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ। यसले पर्यटन क्षेत्रमा डिजिटल भुक्तानीको स्वीकार्यता बढाउने विश्वास बैंकले व्यक्त गरेको छ।

हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८४ एटीएम र ९ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गर्दै आएको छ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...