CG Electronics
IME Life
NIMB

राष्ट्रिय सहकारी बैंकको २२औं वार्षिक साधारण सभा सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं। राष्ट्रिय सहकारी बैंक लिमिटेडको २२औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। मंसिर ६ गते सातै प्रदेशमा आयोजित एकाइ साधारण सभाबाट चयन भएका प्रतिनिधिहरूको निर्णय प्रमाणित गर्ने केन्द्रीय सभा सम्पन्न भएसँगै साधारण सभाको औपचारिक समापन भएको बैंकले जनाएको छ।

सभामा बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन, २०८२/०८३ को प्रस्तावित बजेट तथा कार्यक्रम, लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेतीद्वारा प्रस्तुत सुपरिवेक्षण प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन लगायत १५ वटा कार्यसूचीहरू सर्वसम्मत रूपमा पारित गरिएका छन्। बैंकको विनियम संशोधन सहितको पुनर्लेखन पनि अनुमोदन गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईंले जानकारी दिए।

निर्णय प्रमाणित गर्ने केन्द्रीय सभामा बैंकका सल्लाहकार लीलामणि पोखरेल प्रमुख अतिथि थिए। सभामा लेखा सुपरिवेक्षण समितिका संयोजक उप्रेती, सदस्य पराजुली, सञ्चालक सुब्बा, थापा मगर, मण्डल, धिताल, गुरुङ, महतरा, विष्ट तथा सातै प्रदेशबाट चयन भएका प्रतिनिधिहरूको सहभागिता थियो।

मंसिर ६ गते सम्पन्न सातै प्रदेशका एकाइ साधारण सभामा सदस्य सहकारी संघ–संस्थाका प्रतिनिधिहरूले उत्साहजनक सहभागिता जनाएको बैंकले बताएको छ। सो अवसरमा बैंकले राष्ट्रिय तथा प्रदेश स्तरका विभिन्न विधामा सम्मान तथा पुरस्कार पनि प्रदान गरेको थियो।

कार्यक्रमकै क्रममा बैंकमा २३ वर्ष सेवा प्रदान गरी स्वेच्छिक अवकाश लिएका वरिष्ठ प्रबन्धक मोहन बहादुर कार्कीलाई बैंकले सम्मानपूर्वक बिदाइ गरेको छ।

बिदाइ समारोहमा अध्यक्ष गिरीले कार्कीलाई मायाको चिनो प्रदान गर्दै दीर्घकालीन योगदानका लागि धन्यवाद व्यक्त गरे। त्यसैगरी प्रमुख कार्यकारी अधिकृत गुरागाईं, व्यवस्थापन समूहका सदस्य तथा केन्द्रीय कार्यालयका सम्पूर्ण कर्मचारीहरूले उनलाई औपचारिक रूपमा बिदाइ गरेका थिए।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...