CG Electronics
IME Life
NIMB

रमेश गुप्ता मेमोरियल ट्रस्ट र महालक्ष्मी डेभलपमेन्ट बैंकद्वारा भक्तपुर क्यान्सर अस्पताललाई विद्युतीय आईसीयू बेड हस्तान्तरण

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । नेपालमा बाल क्यान्सर उपचार सेवालाई सुदृढ र पहुँचयोग्य बनाउन लक्ष्यसहित रमेश गुप्ता मेमोरियल ट्रस्टले महालक्ष्मी डेभलपमेन्ट बैंकसँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पताललाई विद्युतीय आईसीयू बेड प्रदान गरेको छ।

यस सहयोगसँगै अस्पतालको बाल क्यान्सर उपचार सेवा थप प्रभावकारी बन्ने ट्रस्टले जनाएको छ। नयाँ आईसीयू बेड व्यवस्थापनपछि अस्पतालको आईसीयू क्षमता १५ बेडसम्म हुने भएको छ, जसले उपचाररत बालबालिकाका लागि आवश्यक स्वास्थ्य सेवा अझ सहज र सुरक्षित बनाउन मद्दत गर्नेछ।

यो पहल नेपालभर बाल क्यान्सर उपचार प्रणालीलाई सुदृढ बनाउन गरिएको दीर्घकालीन अभियानको एक हिस्सा हो। ट्रस्टले विश्वव्यापी साझेदार वर्ल्ड चाइल्ड क्यान्सरसँगको सहकार्यमा देशका सातै प्रदेशमा स्थापन भएका साझा उपचार केन्द्र (Shared Care Centers) मा उपकरण, क्षमता अभिवृद्धि तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउँदै आएको छ। यी केन्द्रहरूले उपचारलाई विकेन्द्रीकरण गरी बालबालिकाले आफ्नै प्रदेशमा समयमै सेवा पाउन सक्ने प्रणाली निर्माणमा महत्वपूर्ण भूमिका खेलेका छन्, जसले परिवारको आर्थिक तथा मनोवैज्ञानिक बोझ कम गर्न सहयोग पुर्‍याउँछ।

रमेश गुप्ता मेमोरियल ट्रस्टले बाल क्यान्सर उपचार सुधारका लागि ३६०–डिग्री दृष्टिकोण अपनाउँदै स्वास्थ्यकर्मी तालिम, जनचेतना कार्यक्रम, क्षमता तथा दक्षता विकास, र उपचाररत बालबालिकाका परिवारलाई आर्थिक, भावनात्मक तथा मनोसामाजिक समर्थन प्रदान गर्दै आएको छ।

ट्रस्टका अनुसार, नेपालमा बाल क्यान्सर उपचारको समग्र परिणाम सुधार गर्न सहकार्य, निरन्तर लगानी र दीर्घकालीन रणनीति अत्यावश्यक छ। ट्रस्टको जारी प्रयासले देशका प्रत्येक बालबालिकाले आफ्नो बसोबास जे जहाँ भए पनि, गुणस्तरीय क्यान्सर उपचार पाउने र जीवन रक्षा तथा सफलताका लागि समान अवसर प्राप्त गर्ने वातावरण निर्माण गर्ने लक्ष्य राखेको छ।

 

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:०४

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित १२...

गरिमा क्यापिटलद्वारा कर्मचारीहरूका लागि एक दिने एएमएल/सीएफटी तालिम सम्पन्न

गरिमा क्यापिटलद्वारा कर्मचारीहरूका लागि एक दिने एएमएल/सीएफटी...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:५०

काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडले आफ्ना सम्पूर्ण कर्मचारीहरूका लागि सम्पत्ति...

मिस नेपालसँग डिनर गर्ने अवसर: काजरिया रमेश टाइल्सद्वारा ‘डाइन विथ द डिभाज’ अभियान घोषणा

मिस नेपालसँग डिनर गर्ने अवसर: काजरिया रमेश...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:३५

काठमाडौँ । ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य...

दिपेन्द्र सिंह ऐरी एशियन ब्याट्रीका ब्राण्ड एम्बेसडर नियुक्त, ‘भोल्टेक्स’ सिरिज सार्वजनिक

दिपेन्द्र सिंह ऐरी एशियन ब्याट्रीका ब्राण्ड एम्बेसडर...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:२८

  काठमाडौँ । नेपालको अग्रणी ब्याट्री उत्पादक एशियन ब्याट्री लिमिटेड...

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री सुरु

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:०५

  काठमाडौँ । नेपालका लागि दिपल ब्राण्डका फ्युचरिस्टिक तथा इन्टेलिजेन्ट...

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल फाउन्डेसनको सहर्कायमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरुलाई नेपालमा ल्याउने

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३१

  काठमाडौं । ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का...