CG Electronics
IME Life
Ncell NPL

सांग्रिला डेभलपमेन्ट बैंकको २१औँ साधारणसभा सम्पन्न, १०.३५८३ प्रतिशत लाभांश पारित

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २१औँ वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न गरेको छ।

सभाले बैंकको हाल कायम चुक्ता पूँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७१९ रुपैयाँ ५५ पैसाको आधारमा ५.३५८३ प्रतिशत नगद लाभांश (कर सहित) तथा ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो। यसअनुसार बैंकले सेयरधनीलाई कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्नेछ।

नगद लाभांशतर्फ बैंकले १९ करोड ५ लाख ५३ हजार ६२६ रुपैयाँ ३० पैसा र बोनस शेयरतर्फ १७ करोड ७८ लाख १२ हजार ७८५ रुपैयाँ ९८ पैसा बराबरको लाभांश वितरण गर्ने निर्णय गरेको छ। लाभांश वितरणपछि बैंकको चुक्ता पूँजी बढेर ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ ५३ पैसा पुगेको छ।

साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति, प्रवन्धपत्र संशोधन तथा मर्जर र प्राप्तिसम्बन्धी प्रस्तावहरू पनि स्वीकृत गरेको छ।

हाल सांग्रिला डेभलपमेन्ट बैंकले देशभर १०९ शाखा कार्यालय३० वटा एटीएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले आगामी दिनमा संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई थप सुदृढ गर्दै सेवा विस्तारलाई निरन्तरता दिने जनाएको छ।

चितवनमा कजारिया रमेश टायल्सको नयाँ शोरुम उद्घाटन

चितवनमा कजारिया रमेश टायल्सको नयाँ शोरुम उद्घाटन

वि.सं.२०८३ वैशाख ८ मंगलवार २३:३४

  चितवन । कजारिया रमेश टायल्स लिमिटेडले नेपालभर आफ्नो विस्तारलाई...

चिरञ्जीवी अधिकारी टेकपाइला इनोभेसनमा एसोसिएट डाइरेक्टर नियुक्त

चिरञ्जीवी अधिकारी टेकपाइला इनोभेसनमा एसोसिएट डाइरेक्टर नियुक्त

वि.सं.२०८३ वैशाख ८ मंगलवार २३:२२

  काठमाडौं । नेपालको सूचना प्रविधि र साइबर सुरक्षाको क्षेत्रका...

राफे इन्टरनेशनल नेपालमा आधिकारिक प्रवेश, नयाँ उत्पादनहरु सार्वजनिक

राफे इन्टरनेशनल नेपालमा आधिकारिक प्रवेश, नयाँ उत्पादनहरु...

वि.सं.२०८३ वैशाख ८ मंगलवार २३:०७

  काठमाडौं । दुवईस्थित राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी)का उत्पादनहरू आधिकारिक...

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड,...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:३६

  काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ...

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५ हजार नयाँ रोजगारी थपिने अपेक्षा

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:५६

  काठमाडौं । सरकारले सीमा नाकामा थालेको पछिल्लो कडाइ र...