CG Electronics
IME Life
NIMB

भीजी मोटर्सद्वारा ७ सिटर विद्युतीय भ्यान सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपालका लागि एसआरएम र जोयलोङ ब्रान्डका विद्युतीय सवारी साधन (ईभी)को अधिकृत विक्रेता भीजी मोटर्सले एसआरएमको ७ सिटर विद्युतीय भ्यान सार्वजनिक गरेको छ। काठमाडौंको सोल्टी होटलमा आयोजित विशेष समारोहमा वरिष्ठ अभिनेता सुनिल थापाले उक्त भ्यान अनावरण गर्नुभएको हो।

५० किलोवाट क्षमताको मोटर जडान गरिएको यो भ्यानले एक पटकको चार्जमा करिब ३०० किलोमिटर यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ। भ्यानको मूल्य ३९ लाख रुपैयाँ तोकिएको छ। कर्पोरेट हाउस, होटल, विद्यालयलगायतका लागि उपयुक्त मानिएको यस भ्यानको स्पेयर पार्ट्स मूल्य अन्य ईभीको तुलनामा करिब ८० प्रतिशतसम्म कम रहेको दाबी गरिएको छ। हाल कम्पनीका नेपालभर ७५ भन्दा बढी चार्जिङ स्टेसन र २० भन्दा बढी सर्भिस सेन्टर सञ्चालनमा छन्।

भ्यान सार्वजनिक कार्यक्रमको अवसरमा कम्पनीले विद्युतीय सवारीसम्बन्धी मिथक र भावी प्रभाव विषयक कार्यशालासमेत आयोजना गरेको थियो। कार्यशालामा विभिन्न विज्ञहरूले सवारीधनीका मुख्य चासोका विषयमा प्रस्तुति दिएका थिए। जोयलोङका दक्षिण एसियाली बिक्री प्रमुख जर्ज कियाओले जोयलोङ र एसआरएम सवारी साधनको इन्जिनियरिङ गुणस्तरबारे जानकारी गराउँदै नेपाल भित्र्याइएका ईभी प्रविधि विश्व बजारमा परीक्षण भइसकेका र स्थानीय हावापानीमा समेत विश्वसनीय रहेको बताउनुभयो।

अटोमोटिभ ईभी ड्राइभ ट्रेन विशेषज्ञ सम्राट गौतमले कमर्सियल ईभीको प्रयोगले सवारीसाधनबाट हुने प्रदूषण ८० प्रतिशतसम्म घट्ने तथ्यांक प्रस्तुत गर्नुभयो। उहाँले एक डिजेल भ्यानलाई एसआरएम ईभीले प्रतिस्थापन गर्दा काठमाडौंजस्ता सहरी क्षेत्रमा वायु गुणस्तरमा सकारात्मक प्रभाव पर्ने उल्लेख गर्नुभयो।

कम्पनीका बिजनेस हेड चन्दन रौनियारले लागत–लाभ विश्लेषण प्रस्तुत गर्दै सुरुवाती लगानी केही फरक भए पनि दैनिक सञ्चालन खर्चमा हुने बचत उल्लेखनीय रहेको बताउनुभयो। उहाँले इन्धनमा आधारित सवारीको बजार खुम्चिँदै जाँदा सेकेन्ड–ह्यान्ड विद्युतीय सवारीको माग र मूल्य दुवै उच्च रहने प्रक्षेपण गर्नुभयो।

मेकानिकल इन्जिनियर दीपक शर्माले ईभीमा चलायमान पार्टपुर्जा कम हुने भएकाले मर्मत खर्च ६० प्रतिशतभन्दा बढीले घट्ने जानकारी दिनुभयो। उहाँले आयल चेन्ज, स्पार्क प्लग तथा जटिल ट्रान्समिसन मर्मतको झन्झट नहुने बताउनुभयो।

ब्याट्रीसम्बन्धी चासोबारे दिनेश दाहालले आधुनिक ईभी ब्याट्रीहरू लामो समयसम्म टिक्ने गरी डिजाइन गरिएका र ब्याट्री रिसाइक्लिङ कार्यक्रमले चक्रिय अर्थतन्त्र (सर्कुलर इकोनोमी) सुनिश्चित गर्ने बताउनुभयो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छेले आगामी दिनमा चीनबाट प्राविधिक तथा इन्जिनियरहरू ल्याएर विद्युतीय सवारीचालक र सवारीधनीका लागि यस्ता सचेतनामूलक कार्यशाला निरन्तर आयोजना गर्ने योजना रहेको जानकारी दिनुभयो।

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको स्पष्टिकरण

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२८

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (नेकान) ले शैक्षिक...

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ र महर्षि कलेजबीच पाँचवर्षे सम्झौता

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२६

  काठमाडौं। कम्प्युटर एशोसिएशन नेपाल महासंघ ९क्यान महासंघ० र सुदूरपश्चिम...

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको सामाजिक योगदान

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२४

  काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...