CG Electronics
IME Life
NIMB

लोकतन्त्र संकटमा छ, संसद पुनर्स्थापना नै समाधान हो : सचिव डा .राजन भट्टराई

NIMB
Himalayan Bank

काठमाडौं । नेकपा एमालेका सचिव राजन भट्टराईले लोकतन्त्रको भविष्यमाथि खतरा उत्पन्न भएको बताएका छन् । नेकपा (एमाले) काठमाडौं महानगरपालिका कमिटी आठौं पूर्ण बैठकमा बोल्दै भट्टराईले संविधानका धाराहरु मिचिएको उल्लेख गर्दै प्रतिकूलतातिर गइरहेको देशलाई अनुकूलतातर्फ ल्याउनुपर्ने अवस्था आएको बताएका हुन् ।

देशलाई सहज बाटोतर्फ लैजान अहिलेको अवस्थामा संसद पुनर्स्थापना नै उचित विकल्प भएको उनको भनाइ छ । जनताले त्याग, तपस्या र बलिदान गरेर बनाएको संविधानलाई मास्न नदिने संसद पुनर्स्थापना गर्नुपर्ने भट्टराईको भनाइ छ ।

प्रधानमन्त्रीको नियुक्ति र संसद विघटन संविधानको धारा मिचेर गरिएको उनको भनाइ छ । त्यसैले संसद पुनर्स्थापना गरेर सर्वपक्षीय सरकार बनाएर जेनजीका जायज माग पूरा गर्न सकिने भट्टराईले बताए ।

सर्वपक्षीय सरकारले संविधान संशोधन गर्न सकिने र त्यसपछि निर्वाचनमा जान सकिने एमालेको ठहर रहेको उनले सुनाए । यसो गर्न सके लोकतन्त्र र संविधान जोगिने उनको भनाइ छ ।

निर्वाचनका कार्यक्रमतर्फ पनि एमाले संलग्न भएको सन्दर्भ उल्लेख गर्दै सचिव भट्टराईले एमालेको आफ्नो मान्यतामा अडिग रहे पनि निर्वाचन बहिष्कार गर्न नहुने भएकाले सोहीअनुसार अघि बढेको बताए ।

एमालेले समानुपातिकतर्फको उम्मेदवारको बन्दसूचि निर्वाचन आयोगमा बुझाइसकेको छ भने पुष २० गतेभित्र प्रत्यक्षतर्फका सम्भावित उम्मेदवारको नाम सिफारिस गर्न सम्बन्धित कमिटीलाई निर्देशन दिइसकेको छ ।

भदौ २३ र २४ गते भएको ध्वंश, अपराध, हत्याको विपक्षमा एमाले रहेको उनले स्पष्ट पारेका छन् । वास्तविक जेनजीले उठाएका माग ठीक भएको र उनीहरुको शान्तिपूर्ण आन्दोलनप्रति भने एमालेको समर्थन रहेको उनले प्रष्ट्याए । तर शान्तिपूर्ण प्रदर्शनको नाममा निषेधित क्षेत्र तोडेर आगजनी, तोडफोड, कुटपिट र आक्रमण भने अपराधिक गतिविधि भएको उनले दोहोर्‍याए ।
जेनजी आन्दोलनमा भएको विध्वंशकारी गतिविधि गलत छ भनेर एमाले काठमाडौं महानगरपालिका कमिटीले खेलेको भूमिकाको भट्टराईले प्रशंसा गरे ।

महाधिवेशनका बेला भक्तपुरको सल्लाघारीमा पनि एमालेले प्रतिगमतका विरुद्ध, संविधानको सुरक्षा र लोकतन्त्रका लागि एमाले प्रतिबद्ध भनेर सन्देश दिन सफल भएको बताए । देशमा मात्र होइन, अन्तर्राष्ट्रिय समुदायलाई पनि एमालेले सन्देश दिन सफल भएको उनको जिकिर छ ।

कार्यक्रममा महानगर कमिटीका अध्यक्ष गणेश श्रेष्ठ, इन्चार्ज तेजप्रसाद ढकाल, उपसचिव सृजना भट्टराईको सहभागि थियो । त्यसैगरी एमालेका केन्द्रीय सदस्यहरु कृष्णगोपाल श्रेष्ठ, रामेश्वर फुयाँल, विणा श्रेष्ठ, रमेश बडाल, डा. अजयक्रान्त्रि शाक्य, रत्न गुरुङ, विन्दु श्रेष्ठ र सुनिता डंगाले पनि सहभागि थिए ।

कार्यक्रममा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित नेताहरुलाई बधाई, सम्मान तथा शुभकामना व्यक्त गरिएको थियो ।

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...