CG Electronics
IME Life
NIMB

जेन–जी आन्दोलनका क्षतिबाट ३ हजारभन्दा बढी बीमा दाबी, करिब साढे पाँच अर्ब रुपैयाँ भुक्तानी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । हालै सम्पन्न जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिका कारण निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ३ हजार ३१६ वटा बीमा दाबीमध्ये हालसम्म अग्रिम भुक्तानीसहित करिब रु. ५ अर्ब ४८ करोड २५ लाख दाबी रकम बीमितहरूलाई भुक्तानी गरिएको छ।

बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार कूल दाबी रकम करिब रु. २३ अर्ब ४७ करोड रहेको छ। प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त विवरणअनुसार भुक्तानी प्रक्रिया निरन्तर रूपमा अघि बढिरहेको जनाइएको छ।

तथ्याङ्कअनुसार सम्पत्ति बीमातर्फ कूल ७१२ वटा दाबीबाट करिब रु. १९ अर्ब ५ करोडको दाबी परेकोमा हालसम्म करिब रु. ३ अर्ब ९३ करोड ५९ लाख भुक्तानी गरिएको छ। त्यसैगरी मोटर बीमातर्फ २ हजार ३२१ वटा दाबीबाट करिब रु. ३ अर्ब ४६ करोड १६ लाखको दाबी रकममध्ये करिब रु. १ अर्ब ३९ करोड २५ लाख भुक्तानी भएको छ।

यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २२६ वटा दाबीबाट करिब रु. ५५ करोड ३९ लाखको दाबीमध्ये करिब रु. ८ करोड ३६ लाख, परिवहन बीमातर्फ १२ वटा दाबीबाट करिब रु. १ करोड ६९ लाखमध्ये करिब रु. १ करोड ५५ लाख, तथा अन्य बीमातर्फ ४५ वटा दाबीबाट करिब रु. ३८ करोड ४० लाखमध्ये करिब रु. ५ करोड अग्रिम भुक्तानीसहित भुक्तानी गरिएको छ।

पुनर्बीमा दाबीमा करिब ३ अर्ब रुपैयाँ भुक्तानी

जेन–जी आन्दोलनका क्रममा भएका क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले निर्जीवन बीमा कम्पनीहरूलाई अग्रिम भुक्तानीसहित करिब रु. ३ अर्ब २ करोड पुनर्बीमा दाबी भुक्तानी गरेको छ।

नेपाल पुनर्बीमा कम्पनीमा १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट कूल २ हजार ८६३ वटा पुनर्बीमा दाबी परेका छन्, जसको कूल पुनर्बीमा दाबी रकम करिब रु. १६ अर्ब ६२ करोड ६६ लाख रहेको अद्यावधिक तथ्याङ्कमा उल्लेख गरिएको छ।

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:०४

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित १२...

गरिमा क्यापिटलद्वारा कर्मचारीहरूका लागि एक दिने एएमएल/सीएफटी तालिम सम्पन्न

गरिमा क्यापिटलद्वारा कर्मचारीहरूका लागि एक दिने एएमएल/सीएफटी...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:५०

काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडले आफ्ना सम्पूर्ण कर्मचारीहरूका लागि सम्पत्ति...

मिस नेपालसँग डिनर गर्ने अवसर: काजरिया रमेश टाइल्सद्वारा ‘डाइन विथ द डिभाज’ अभियान घोषणा

मिस नेपालसँग डिनर गर्ने अवसर: काजरिया रमेश...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:३५

काठमाडौँ । ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य...

दिपेन्द्र सिंह ऐरी एशियन ब्याट्रीका ब्राण्ड एम्बेसडर नियुक्त, ‘भोल्टेक्स’ सिरिज सार्वजनिक

दिपेन्द्र सिंह ऐरी एशियन ब्याट्रीका ब्राण्ड एम्बेसडर...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:२८

  काठमाडौँ । नेपालको अग्रणी ब्याट्री उत्पादक एशियन ब्याट्री लिमिटेड...

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री सुरु

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:०५

  काठमाडौँ । नेपालका लागि दिपल ब्राण्डका फ्युचरिस्टिक तथा इन्टेलिजेन्ट...

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल फाउन्डेसनको सहर्कायमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरुलाई नेपालमा ल्याउने

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३१

  काठमाडौं । ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का...