CG Electronics
IME Life
NIMB

सिद्धार्थ प्रिमियर इन्स्यारेन्सको २५ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं।सिद्धार्थ प्रिमियर इन्स्यारेन्सले २५ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा गरिएको जनाएको छ। कम्पनीले पुस २९ गते सम्पन्न ३२औँ वार्षिक साधारणसभा बाट पारित गरेको लाभांश करसहित वितरण हुने प्रस्तावको आधारमा उक्त रकम एनएमबि क्यापिटल लिमिटेड, बालुवाटार, काठमाडौं मार्फत शेयरधनीको हितग्राही खातामा उपलब्ध गराएको हो।

साधारणसभा प्रयोजनका लागि शेयर दाखिला बन्द हुने मितिसम्म कायम रहेका शेयरधनीहरूको हितग्राही खातामा बैंक विवरण अद्यावधिक भएको खण्डमा नगद लाभांश सोही खातामा जम्मा गरिएको छ।

कम्पनीले जनाए अनुसार, यदि कुनै शेयरधनीहरूले अझै अभौतिकीकरण नगरेका छन् वा हितग्राही खातामा बैंक विवरण अद्यावधिक छैन, भने यथाशक्य छिटो अभौतिकीकरण गरी बैंक विवरण अद्यावधिक गरेपछि नगद लाभांश सोही खातामा जम्मा गरिने व्यवस्था रहेको छ।

अभौतिकीकरण गरिसकेका तर हितग्राही खातामा बैंक विवरण अद्यावधिक नगरेका शेयरधनीहरूले पनि छिटो विवरण अद्यावधिक गर्नुपर्ने र सोही अनुसार नगद लाभांश क्रमशः बैंक खातामा जम्मा गरिने कम्पनीले जनाएको छ।

बैंक खातामा लाभांश जम्मा गर्दा लागू हुने कुनै शुल्क भएमा सो शुल्क शेयरधनीले व्यहोर्नेछन्। साथै, शेयर दाखिला खारेजी बन्द हुने मितिसम्म मर्जर पश्चात् बैंक/वित्तीय संस्थाको खाता नं परिवर्तन भएमा लाभांश रकम फिर्ता आउन सक्ने हुँदा कम्पनीले यथासम्भव छिटो नयाँ खाता नं अद्यावधिक गर्न शेयरधनीलाई आग्रह गरेको छ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...