IME Life
NIMB

सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट अर्को साता, ३.८६ गुणा बढी आवेदन

NIMB
Himalayan Bank

 

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट अर्को साता हुने भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र हिमालयन क्यापिटल लिमिटेडले आईपीओ बाँडफाँटका लागि आवश्यक प्रक्रिया अन्तिम चरणमा पुर्‍याइरहेका छन् ।

कम्पनीको आईपीओमा कुल २५ लाख ७० हजार ४२२ जना आवेदकले ३ करोड १७ लाख ८ हजार ३९० कित्ता शेयरका लागि ३ अर्ब १७ करोड ८ लाख ३९ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् । यो माग निष्कासन गरिएको शेयरभन्दा ३.८६ गुणाले बढी हो ।

आईपीओ बाँडफाँटपछि करिब ८ लाख २० हजार आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २ करोड कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये आयोजना प्रभावित स्थानीयवासीका लागि १ करोड कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० लाख कित्ता शेयर पहिले नै बाँडफाँट गरिसकिएको छ ।

अब बाँकी ९० लाख कित्तामध्ये ५ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ३ लाख कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको थियो । यसपछि बाँकी रहेको ८२ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।

आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले सोलु हाइड्रोपावर लिमिटेडलाई ‘आईआरएन डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा,...

वि.सं.२०८३ साउन १९ मंगलवार ००:००

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

केही सञ्चारमाध्यममा प्रकाशित भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति

केही सञ्चारमाध्यममा प्रकाशित भ्रामक समाचारप्रति प्रभु बैंकको...

वि.सं.२०८३ साउन १८ सोमवार २३:५४

  काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका...

सामाजिक उत्तरदायित्वअन्तर्गत सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहीन विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सामाजिक उत्तरदायित्वअन्तर्गत सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहीन विद्यार्थीलाई...

वि.सं.२०८३ साउन १८ सोमवार २२:२५

  काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर...

वि.सं.२०८३ साउन १८ सोमवार १७:२०

  काठमाडौं। नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादनमा अग्रणी लिट्मस...

ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात व्यवसायीको उच्चस्तरीय टोली प्रस्थान

ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात...

वि.सं.२०८३ साउन १८ सोमवार १७:१४

  काठमाडौं ।  नेपाली उत्पादनलाई ओमनको बजारमा स्थापित गर्ने उद्देश्यका...

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटी स्पामा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटी...

वि.सं.२०८३ साउन १८ सोमवार १७:१०

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ट्रांक्यूलिटी स्पाबीच बैंकका...