CG Electronics
IME Life
NIMB

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाफा घट्यो, चालू आवमा १ अर्ब ६१ करोड

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ६१ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको सोही अवधिमा बैंकले २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो, जसले ४३ प्रतिशतको गिरावट देखाउँछ।

बैंकले नाफा घट्ने मुख्य कारणका रूपमा कर्जाको मागमा कमी, छोटो अवधिमा ब्याजदर परिवर्तन, जेनजी आन्दोलनपछिको राजनैतिक अस्थिरता र आर्थिक अनिश्चिततालाई बताएका छन्।

चालू त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी १२.८३ प्रतिशतले घटेर ६ अर्ब ४२ करोड ३ लाख रुपैयाँमा पुगेको छ भने कुल सञ्चालन आम्दानी ८ अर्ब ५८ करोड ४८ लाख रुपैयाँमा सीमित भएको छ। सञ्चालन नाफा पनि घटेर २ अर्ब ३३ करोड ८७ लाख रुपैयाँ पुगेको छ, जसले प्रतिशेयर आम्दानी १६.६० रुपैयाँबाट घटेर ९.४५ रुपैयाँ बनाएको छ।

त्यसैगरी, खराब कर्जा (एनपीएल) ५.८६ प्रतिशतबाट बढेर ७.९० प्रतिशत पुगेको छ। बैंकको चुक्ता पूँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ, जगेडा कोष ऋणात्मक ३ अर्ब ६१ करोड १० लाख र रिजर्भ कोष ३५ अर्ब ९६ करोड ३१ लाख रुपैयाँ रहेको छ। बैंकले ३ खर्ब २८ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरी ५ खर्ब १९ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको निष्कर्ष

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको...

वि.सं.२०८३ जेठ १७ आइतवार १२:५६

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि ४० लाख रुपैयाँसम्म बढ्न सक्ने

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि...

वि.सं.२०८३ जेठ १७ आइतवार ११:३८

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारी...

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वि.सं.२०८३ जेठ १७ आइतवार १०:१०

६२ वर्षदेखि नेपालको अटोमोबाइल क्षेत्रमा सक्रिय प्रतिष्ठित व्यावसायिक घराना वैद्य...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट सार्वजनिक

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:३३

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...