CG Electronics
IME Life
NIMB

लक्ष्मी सनराइज बैंकको खुद नाफा ऋणात्मक, इम्पेरमेन्ट चार्जले नाफा प्रभावित

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकको खुद नाफा ऋणात्मक रहेको छ।

बैंकले चालू आर्थिक वर्षको पुस मसान्तसम्म २७ करोड ३६ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब १६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानीमा सामान्य सुधार भए पनि इम्पेरमेन्ट चार्ज उल्लेख्य बढ्दा नाफा प्रभावित भएको बैंकले जनाएको छ।

छ महिनाको अवधिमा बैंकको खुद ब्याज आम्दानी १ प्रतिशतले बढेर ५ अर्ब २४ करोड ९० लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब १९ करोड रुपैयाँ रहेको थियो।

यस अवधिमा बैंकको सञ्चालन आम्दानी पनि ऋणात्मक बनेको छ। गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १६ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी रहेको बैंकको सञ्चालन आम्दानी चालू आवमा घटेर १५ करोड ९८ लाख रुपैयाँ ऋणात्मक भएको छ।

समीक्षा अवधिमा बैंकको खुद फी तथा कमिशन आम्दानी १८.१५ प्रतिशतले बढेर १ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। इम्पेरमेन्ट चार्ज भने १ अर्ब ७९ करोड ३० लाख रुपैयाँबाट बढेर ४ अर्ब ४७ करोड ३० लाख रुपैयाँ पुगेको छ, जसले नाफामा ठूलो दबाब सिर्जना गरेको छ।

पुस मसान्तसम्म बैंकको चुक्ता पूँजी १० प्रतिशतले बढेर २६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा १७ अर्ब ७३ करोड रुपैयाँ सञ्चिति रहेको छ। बैंकको वितरणयोग्य मुनाफा ८४ करोड २७ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

बैंकको खराब कर्जा अनुपात (एनपीएल) ५.६७ प्रतिशतबाट घटेर ५.५० प्रतिशतमा झरेको छ। प्रतिशेयर आम्दानी (EPS) २.४ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ २३ पैसा रहेको छ।

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको निष्कर्ष

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको...

वि.सं.२०८३ जेठ १७ आइतवार १२:५६

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि ४० लाख रुपैयाँसम्म बढ्न सक्ने

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि...

वि.सं.२०८३ जेठ १७ आइतवार ११:३८

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारी...

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वि.सं.२०८३ जेठ १७ आइतवार १०:१०

६२ वर्षदेखि नेपालको अटोमोबाइल क्षेत्रमा सक्रिय प्रतिष्ठित व्यावसायिक घराना वैद्य...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...