CG Electronics
IME Life
NIMB

प्राइम टायल्सका भित्ते र फ्लोर टायलमा राष्ट्रिय गुणस्तर प्रमाणपत्र

NIMB
Himalayan Bank

काठमाडौँ । प्राइम टायल्स नेपाली निर्माण सामग्री उद्योगमा एनएस प्रमाणित टायल कम्पनी बन्न सफल भएको छ। नेपाल गुणस्तर तथा नापतौल विभागले प्राइम टायल्सलाई ‘एनएस ६१७’ मापदण्ड पूरा गरेको भन्दै गुणस्तर प्रमाणपत्र प्रदान गरेको हो।

यससँगै प्राइम टायल्सका भित्ता (वाल) र भुइँ (फ्लोर) मा प्रयोग हुने टायल उत्पादन राष्ट्रिय गुणस्तर मापदण्ड अनुसार परीक्षण र प्रमाणीकरण गरिएको पुष्टि भएको छ। कम्पनीका अनुसार, यस उपलब्धिले उत्पादनको उच्च गुणस्तर, दीर्घकालीन टिकाउपन, सुरक्षित प्रयोग र आधुनिक डिजाइन प्रति प्रतिबद्धता थप प्रमाणित गरेको छ।

प्राइम टायल्सका विभिन्न डिजाइन र आकारका टायलहरू घर, कार्यालय तथा ठूला व्यावसायिक भवनका लागि बजारमा उपलब्ध छन्। यस प्रमाणपत्रले नेपाली उपभोक्ताले विदेशी टायलमा भर पर्नु नपर्ने र स्वदेशी उत्पादनमा भरोसा गर्न सक्ने अवस्था सिर्जना गरेको कम्पनीले जनाएको छ।

करिब ३ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा रौतहटमा सञ्चालित यस उद्योगको वार्षिक उत्पादन क्षमता ४० लाख वर्गमिटर रहेको छ। कम्पनी सीएमएस र फर्च्युन भेन्चर्स जस्ता प्रतिष्ठित व्यावसायिक घरानाद्वारा प्रवर्द्धित छ र छोटो समयमै नेपाली बजारमा बलियो पकड जमाएको छ।

हाल देशभरि रहेका १ सय २० भन्दा बढी आधिकारिक विक्रेता (डिलर) सञ्जाल मार्फत प्राइम टायल्स ग्राहकसम्म पुगिरहेको छ।

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...