CG Electronics
IME Life
NIMB

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको भाव बोकेको नयाँ राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’ सार्वजनिक भएको छ। समसामयिक परिस्थिति र राष्ट्रियताको गहिरो अनुभूतिलाई समेटिएको यस गीतले देशप्रतिको माया, एकता र जिम्मेवारीको सशक्त सन्देश प्रवाह गरेको छ।

गीतका शब्द स्वयं गायक सबिन खड्काकै हुन् भने संगीत चर्चित गायक तथा सर्जक बैकुण्ठ महतले तयार पारेका हुन्। गायनमा सबिन खड्कासँगै गायिका सुनितामी परियारको मधुर स्वरले गीतलाई थप भावुक र प्रभावशाली बनाएको छ।

माया–प्रेमका गीतहरूको भीडबीच राष्ट्र र राष्ट्रियतालाई केन्द्रमा राखेर समयसापेक्ष सिर्जना ल्याउनु आफूलाई जिम्मेवारीपूर्ण लागेको गायक खड्काले बताएका छन्। उक्त गीत SK Entertainment Nepal युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतको भिडियोमा नबिना सिलवाल र कमल जिसीको मुख्य अभिनय रहेको छ। साथै गायक मोतिराज खनाल, मिना बेलबासे, आशा ढकाल, स्मारिका खड्का, डिबी पाण्डे, मणि अधिकारी, धुर्व बस्नेत, रोशन घिमिरे, हरि आचार्य, पुष्पा शाह, मुकुन्द घिमिरे, गणेश पाण्डे लगायत थुप्रै कलाकारहरूको सशक्त उपस्थिति भिडियोको अर्को आकर्षण बनेको छ।

‘द म्युजिक इरा’ स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकर्डिङ सुरज भुसालले गरेका हुन् भने मिक्सिङ कृष्ण बाजुरालीले गरेका छन्। भिडियो निर्देशन देवेन्द्र कुवरले गरेका हुन् र सम्पादन राजेश कुमारले गरेका छन्।

सार्वजनिक भएसँगै गीतले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको गायक सबिन खड्काले जानकारी दिएका छन्। राष्ट्रप्रेम र एकताको भाव बोकेको यो गीतले नेपाली संगीत क्षेत्रमा अलग पहिचान बनाउने अपेक्षा गरिएको छ।

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...