CG Electronics
IME Life
NIMB

जगदम्बा मोटर्सद्वारा “TVS संग सुनको सगुन” विशेष अफर सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपालमा TVS मोटर कम्पनीका आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि. ले “TVS संग सुनको सगुन” नामक नयाँ राष्ट्रव्यापी ग्राहक अफर सार्वजनिक गरेको छ। बिहे तथा चाडपर्वको मौसमलाई लक्षित गर्दै ल्याइएको यो अफरले ग्राहकलाई मूल्य, भरोसा र नयाँ सुरुवातको अनुभूति गराउने कम्पनीको दाबी छ।

विश्व बजारमा सुनको मूल्य बढ्दो क्रममा रहँदै गर्दा, सोही भावनात्मक सन्दर्भलाई TVS सवारी साधनसँग जोड्दै अफर ल्याइएको जगदम्बा मोटर्सले जनाएको छ। ग्राहकका जीवनका महत्वपूर्ण क्षण—नयाँ परिवार, नयाँ घर र नयाँ यात्रासँग TVS लाई विश्वासयोग्य साझेदारका रूपमा प्रस्तुत गर्नु यस योजनाको मुख्य उद्देश्य रहेको कम्पनीले बताएको छ।

अफर अवधिमा TVS बाइक वा स्कुटर खरिद गर्ने ग्राहकहरूले नगद, फाइनान्स तथा एक्सचेन्ज—सबै माध्यमबाट खरिद गर्दा विभिन्न लाभ लिन सक्नेछन्। अफर अन्तर्गत प्रत्येक दिन सुनको सिक्का जित्ने अवसर, एक लाख रुपैयाँसम्मको क्यास छुट, सबै मोडलमा एक्सचेन्ज सुविधा, सजिलो फाइनान्स व्यवस्था तथा सबै TVS मोडलमा लाइफटाइम वारेन्टी प्रदान गरिनेछ।

“TVS संग सुनको सगुन” विशेष अफर १८ माघदेखि ३ चैत्रसम्म, ४५ दिनका लागि, नेपालभरका सबै आधिकारिक TVS शोरुमहरूमा लागू हुने जगदम्बा मोटर्सले जनाएको छ।

अफरबारे प्रतिक्रिया दिँदै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भने, “यो विशेष अफर नयाँ सुरुवातको उत्सव हो। हामी ग्राहकलाई केवल सवारी साधन मात्र होइन, दीर्घकालीन मूल्य र विश्वासको अनुभूति दिन चाहन्छौं।”

नेपालभर फैलिएको डिलर नेटवर्क, सेवा प्रणाली तथा विश्वसनीय उत्पादन पोर्टफोलियोमार्फत जगदम्बा मोटर्सले TVS लाई नेपाली उपभोक्ताको भरोसायोग्य मोबिलिटी पार्टनरका रूपमा स्थापित गर्दै आएको छ। “TVS संग सुनको सगुन” जस्ता पहलमार्फत कम्पनीले नवप्रवर्तन, मूल्य र ग्राहक-केन्द्रित सेवालाई एकसाथ अघि बढाउँदै आएको बताइएको छ।

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...