CG Electronics
IME Life
NIMB

३५औँ वार्षिकोत्सवमा देउराली–जनता फर्मास्यूटिकल्सद्वारा चितवनमा अत्याधुनिक औषधि कारखाना निर्माणको घोषणा

NIMB
Himalayan Bank

 

                                           ४७५ करोड रुपैयाँ लगानी, ५५० जनालाई प्रत्यक्ष रोजगारी

काठमाडौं। देउराली–जनता फर्मास्यूटिकल्स प्रा. लि. ले औषधि उत्पादनलाई विविधीकरण गर्दै उत्पादन क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको अत्याधुनिक नयाँ औषधि कारखाना निर्माण गर्ने निर्णय गरेको छ।

कम्पनीले उक्त नयाँ परियोजनामा करिब ४७५ करोड रुपैयाँ लगानी गर्ने र २ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेको जनाएको छ। नयाँ कारखाना सञ्चालनमा आएपछि ५५० जनालाई प्रत्यक्ष रोजगारी सिर्जना हुने कम्पनीको विश्वास छ।

विगत ३५ वर्षदेखि नेपाली जनताका लागि अत्यावश्यक औषधिहरू स्वदेशमै उत्पादन गर्दै आएको देउराली–जनता फर्मास्यूटिकल्स नेपालकै अग्रणी औषधि उद्योगका रूपमा स्थापित छ। कम्पनीले हालसम्म २९६ प्रकारका जीवनरक्षक औषधिहरू—क्याप्सुल, ट्याब्लेट, लिक्विड, मलहम, ड्राइ पाउडर लगायत—अनुसन्धान, विकास र उत्पादन गर्दै आइरहेको छ।

अत्याधुनिक प्रविधि र उपकरणसहितको सुविधा सम्पन्न कारखानाबाट अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएका औषधिहरू उत्पादन गर्दै आएको कम्पनीमा हाल करिब ६७५ जना दक्ष वैज्ञानिक, प्राविधिक तथा कर्मचारीहरू कार्यरत छन्। उनीहरूको शिप, परिश्रम र नवीन सोचकै कारण देउराली–जनता हरेक नेपालीको विश्वासिलो नाम बन्न सफल भएको कम्पनीको दाबी छ।

देउराली–जनता फर्मास्यूटिकल्स नेपालमा International Technology प्रविधि हस्तान्तरणमार्फत उच्चस्तरीय अन्तर्राष्ट्रिय प्रविधि आयात गर्ने पहिलो र एकमात्र उद्योग हो। कम्पनीले ISO-9001, ISO-14001 तथा WHO-GMP प्रमाणपत्र प्राप्त गरी अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय औषधि उत्पादन प्रक्रिया पूरा गरेको नेपालको पहिलो औषधि कम्पनीको रूपमा परिचय बनाइसकेको छ।

कम्पनीले आफ्नो ३५औँ वार्षिकोत्सव को अवसरमा औषधि उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने तथा नेपाली औषधिलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने प्रतिबद्धता पुनः व्यक्त गरेको छ।

नयाँ परियोजना सफल कार्यान्वयनका लागि नेपाल सरकारका सम्बन्धित निकाय, नेपाली जनता तथा विशेषगरी सञ्चारकर्मीहरूको सहयोग, साथ र हौसलाको अपेक्षा गरिएको कम्पनीले जनाएको छ।

देउराली–जनता फर्मास्यूटिकल्सले आगामी दिनमा पनि जनस्वास्थ्य क्षेत्रमा नविन प्रविधि र उच्च गुणस्तरका औषधि उत्पादनमार्फत अग्रणी भूमिका निर्वाह गर्ने प्रतिज्ञा गर्दै सबै सहयोगी, शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ।

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...