CG Electronics
IME Life
NIMB

रोटरी क्लब अफ नागार्जुनले ट्राफिक प्रहरीलाई दियो उच्च गुणस्तरको कम्प्युटर

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । रोटरी क्लब अफ नागार्जुनले आफ्नो २२औं स्थापना दिवसमा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई उच्च गुणस्तरका कम्प्युटर र प्रिन्टर सहयोग हस्तान्तरण गरेको छ ।

रोटरी डिस्ट्रिक्ट३२९२ का डिस्ट्रिक्ट गर्भनर विनोद कोइरालाले क्लबका तर्फबाट उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई तीन थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग हस्तान्तरण गरेका हुन् ।

 

करिब २ सय उच्चपदस्थ ट्राफिक प्रहरीको उपस्थितिमा ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आयोजित कार्यक्रममा रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गर्भनर कोइरालाले रोटरी संस्था नेपाल लगायत संसारभरि मानव कल्याण र सामाजिक सेवाका लागि सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिमा आफूहरूले सानो सहयोग हस्तान्तरण गरेको र आगामी दिनमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।

त्यसैगरी प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले रोटरी लगायतका सामाजिक संस्थाहरूकै कारण ट्राफिकको पोसाकदेखि भवन निमार्ण र भौतिक संरचनामा धेरै ठूलो योगदान पुगेको उल्लेख गरे ।

 

हस्तान्तरण कार्यक्रममा क्लब अध्यक्ष विशाल गैरेले ट्राफिक प्रहरी कार्यालयलाई निरन्तर सहयोग गर्ने वचन दिए ।

जेनजी आन्दोलनका बेला रोटरी क्लब अफ नागार्जुनका पूर्वअध्यक्ष शम्भू अमगाईंलाई क्लबका तर्फबाट भौतिक निमार्ण र रेट्रोफिटिङमा पुर्‍याएको योगदानका लागि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समेत सम्मान गरेका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा रोटरी डिस्ट्रिक्ट एसिस्टेन्ट गर्भनर मन्जु धमला, डिस्ट्रिक्ट सेक्रेटरी अनिश बज्राचार्य र रोटरी क्लब अफ नागार्जुनका तर्फबाट निर्वतमान अध्यक्ष सतिश शर्मा, सचिव अर्जुन खड्का र कोषाध्यक्ष निखिल अग्रवालको सहभागिता थियो ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...