CG Electronics
IME Life
NIMB

सेन्सीको नयाँ स्मार्ट वासिङ मेसिन नेपाली बजारमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सेन्सी (Sensei) ब्रान्डले Smart Button र Wash+ प्रविधिसहितको नयाँ फ्रन्ट लोड वासिङ मेसिन नेपाली बजारमा सार्वजनिक गरेको छ। १० केजी क्षमताको उक्त वासिङ मेसिन (मोडेल: SWM10FL3) को नेपालका लागि आधिकारिक वितरक CG Electronics रहेको छ।

CG Group अन्तर्गतको सेन्सी ब्रान्ड वासिङ मेसिन, रेफ्रिजेरेटर, टेलिभिजन तथा अन्य होम अप्लायन्स उत्पादनमार्फत नेपाली बजारमा लोकप्रिय बन्दै गएको कम्पनीले जनाएको छ। गुणस्तर, टिकाउपन र प्रयोगकर्ता–केन्द्रित प्रविधिका कारण सेन्सी उत्पादनप्रति उपभोक्ताको विश्वास बढ्दै गएको कम्पनीको दाबी छ।

नयाँ फ्रन्ट लोड वासिङ मेसिनमा BLDC इनभर्टर मोटर प्रयोग गरिएको छ, जसले कम बिजुली खपत, न्यून आवाज र दीर्घकालीन कार्यसम्पादन सुनिश्चित गर्ने जनाइएको छ। मेसिनमा स्टीम वास, १५ मिनेटको क्विक वास, स्टेन ट्रीटमेन्ट, ECO 40–60, अटो ड्रम क्लिन, १४०० आरपीएम स्पिन स्पिड, १६ वटा वास प्रोग्राम, एलईडी डिस्प्ले, चाइल्ड लक तथा डिले फङ्सन जस्ता सुविधा उपलब्ध छन्। साथै BLDC मोटरमा १० वर्षको वारेन्टी प्रदान गरिएको छ।

यस मोडेलका प्रमुख विशेषता Smart Button र Wash+ फङ्सन रहेका छन्। Smart Button ले प्रयोगकर्ताको धुलाई बानीअनुसार आवश्यक सेटिङ स्वतः समायोजन गर्नेछ भने Wash+ फङ्सनले कपडाको अवस्थाअनुसार थप धुलाई समय उपलब्ध गराउँदै प्रभावकारी सफाइमा सहयोग गर्ने बताइएको छ।

CG Electronics का अनुसार आधुनिक नेपाली घरपरिवारको व्यस्त जीवनशैलीलाई ध्यानमा राखेर यो वासिङ मेसिन डिजाइन गरिएको हो। ग्राहकलाई सहज खरिद सुविधा दिन ० प्रतिशत ईएमआई, नागरिकताको आधारमा ईएमआई तथा एक्सचेन्ज सुविधा समेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

सेन्सी ब्रान्डका वासिङ मेसिन, रेफ्रिजेरेटर, टेलिभिजन तथा अन्य होम अप्लायन्सहरू CG Electronics का आधिकारिक शोरूम तथा अधिकृत विक्रेतामार्फत नेपालभर उपलब्ध रहेको जानकारी दिइएको छ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...