CG Electronics
IME Life
NIMB

पश्चिम नवलपरासी–१ मा कांग्रेस प्रवेश तीव्र, सयौं युवा पार्टीमा आबद्ध

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौ । नवलपरासी पश्चिम–१ मा नेपाली कांग्रेसमा प्रवेश गर्नेको संख्या तीव्र रूपमा बढ्दै गएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा यस क्षेत्रमा कांग्रेसप्रतिको आकर्षण उल्लेख्य रूपमा बढेको देखिएको छ। विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेबाट कांग्रेस प्रवेश बढेको स्थानीय नेताहरूले बताएका छन्।

बर्दघाट नगरपालिका–१२ भटौलियामा आयोजित निर्वाचन प्रचार–प्रसार समिति कार्यालय उद्घाटन कार्यक्रममा ठूलो संख्यामा युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पश्चिम नवलपरासी–१ का उम्मेदवार विनोद चौधरीले नवप्रवेशीहरूलाई टीका–माला लगाएर स्वागत गरेका थिए।

प्रवेश गर्नेहरूमा मनु राणा, सन्तोष कुँवर, इसहाक अन्सारी, मनुराना भटौलिया, विजयी तिवारी, प्रज्वल थारु, कमल आचार्य विरही, विमानन्द चौधरी, गजनी चौधरी, दिवाकर भुसाल, लक्ष्मी भुसाल र श्याम पाथ्री लगायत रहेका छन्।

स्वागत मन्तव्यका क्रममा उम्मेदवार चौधरीले युवाहरूको इच्छा र आकांक्षालाई सम्बोधन गर्न नेपाली कांग्रेस समयानुकूल परिवर्तनको मार्गमा अघि बढिरहेको बताए। उनका अनुसार पछिल्ला केही दिनमै सयौं युवा कांग्रेसमा प्रवेश गरिसकेका छन्।

स्थानीय तहमा देखिएको यो प्रवेश लहरले पश्चिम नवलपरासी–१ को चुनावी समीकरणमा प्रभाव पार्ने आकलन गरिएको छ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...