IME Life
NIMB

नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६ को स्टल बुकिङ खुला

NIMB
Himalayan Bank

 

काठमाडौं । पहिलो संस्करणको अपार सफलतापछि, सवारी साधन खरिद–बिक्री तथा अटोमोबाइल क्षेत्रमा भइरहेका आधुनिक प्रविधि विकासप्रति सवारीधनी, सम्भावित ग्राहक एवं आम सर्वसाधारणको बढ्दो रुचिलाई मध्यनजर गर्दै पर्यटकीय राजधानी पोखरा मा दोस्रो पटक ‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ आयोजना हुने भएको छ।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल को प्रस्तुति तथा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसन को आयोजनामा उक्त अटो शो यही चैत ११ देखि १५ गतेसम्म पोखरा लेकसाइड, तालबाराही चोकस्थित खेल मैदानमा सञ्चालन गरिनेछ।

आयोजकका अनुसार साना, मझौला तथा ठूला सवारी साधन, पार्टपुर्जा, लुब्रिकेन्ट, टायर तथा अटोमोबाइल क्षेत्रसँग सम्बन्धित सम्पूर्ण व्यवसायी कम्पनीहरूलाई सहभागिताका लागि आह्वान गरिएको छ। प्रदर्शनीका लागि स्टल बुकिङ आज फागुन १२ गतेदेखि १९ गतेसम्म खुला गरिएको छ।

प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एण्ड मेनेजमेन्ट सर्भिसेज प्रा.लि. ले गर्नेछ। स्टल बुकिङ गर्न इच्छुक कम्पनी वा संस्थाहरूले आयोजकसँग सम्पर्क गरी विस्तृत जानकारी लिन सक्नेछन्।

उक्त अटो शोले अटोमोबाइल बजारको प्रवर्द्धन, नयाँ प्रविधिको प्रदर्शन तथा व्यवसाय विस्तारमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर सार्वजनिक, नेपाली बजारमा नयाँ विकल्प थपियो

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर...

वि.सं.२०८३ साउन २२ शुक्रवार २२:४९

  काठमाडौं । विद्युतीय दुईपांग्रे सवारीसाधन उत्पादक याडिया नेपालले नेपाली...

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट, भदौ ९ देखि १८ औँ नाडा अटो शो

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:३३

  काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो...

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात, सबैभन्दा धेरै प्राडो

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात,...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:४०

  काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा टोयोटा...

विश्वका शीर्ष १० कार निर्माता कम्पनीमा तीन चिनियाँ ब्रान्ड, बीवाईडी छैटौं स्थानमा

विश्वका शीर्ष १० कार निर्माता कम्पनीमा तीन...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:३३

  काठमाडौं । विश्व अटोमोबाइल उद्योगमा चिनियाँ कम्पनीहरूको प्रभाव तीव्र...

बीवाईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी ‘याङवाङ यू८एल’, ३.६ सेकेन्डमै १०० किमि गति

बीवाईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी ‘याङवाङ यू८एल’,...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:२८

  काठमाडौं । चिनियाँ अटो निर्माता बीवाईडीले आफ्नो प्रिमियम ब्रान्ड...

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुने

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:१७

  काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी...