CG Electronics
IME Life
NIMB

गरिमा सुवर्ण योजनामा आजदेखि आवेदन खुला, न्यूनतम १०० इकाई माग गर्न सकिने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्धक र गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित गरिमा सुवर्ण योजनाको इकाई आज फागुन २८ गतेदेखि बिक्रीमा आएको छ।

यस योजना अन्तर्गत प्रतिइकाई १० रुपैयाँका दरले कुल १० करोड इकाई बिक्रीमा आएको हो। जसमध्ये ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटल र ९० लाख इकाई कोष प्रवद्र्धक गरिमा विकास बैंकलाई सुरक्षित गरी प्रथम पटकका लागि ३ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

यसमा आवेदन दिंदा न्यूनतम १०० इकाईको लागि र अधिकतममा ५० लाख इकाईसम्म माग गर्न सकिनेछ। निष्काशन बन्द छिटोमा चैत २ गते र ढिलोमा चैत १२ गते हुनेछ। यो एक खुलामुखी योजना भएकोले बाँकी रहेको इकाई सामूहिक लगानी कोष नियमावलीको व्यवस्था बमोजिम योजना व्यवस्थापनले तोकेको वितरणमार्फत निरन्तर खरीद–बिक्रीका लागि खुला गरिनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूबाट सि आस्बा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित मेरो शेयर अनलाइन सफ्टवेयर प्रयोग गरेर पनि यस योजनाको इकाईमा आवेदन दिन सक्नेछन्। योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा गरिमा क्यापिटल क्यापिटल लिमिटेड रहेको छ।

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...