Ncell NPL
NIMB
NMB Bank

आईएमई लाइफ इन्स्योरेन्स र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेसबीच सेवा सहकार्य समझदारीपत्रमा हस्ताक्षर

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं ।आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेस बीच संस्थागत सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। यस सहकार्यले जीवन बीमा सेवा र स्वास्थ्य सेवाबीच समन्वय गरी सेवाग्राहीलाई सहज, गुणस्तरीय र सुलभ सेवा उपलब्ध गराउने उद्देश्य राखेको छ।

समझदारीपछि आईएमई लाइफका कर्मचारी, अभिकर्ता तथा बीमितहरूले नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेसमार्फत विभिन्न स्वास्थ्य सेवामा विशेष सुविधा पाउनेछन्। यस अन्तर्गत चिकित्सक र डेन्टल परामर्श निःशुल्क उपलब्ध हुनेछ भने प्रयोगशाला परीक्षण, एक्स–रे, अल्ट्रासाउण्ड, ईसीजी लगायत सेवामा अधिकतम ५० प्रतिशत छुट पाउन सकिनेछ। साथै, फुल बडी चेकअप, फिजियोथेरापी र अन्य स्वास्थ्य प्याकेजहरूमा पनि आकर्षक अफर उपलब्ध हुनेछ।

आईएमई प्रिभिलेज कार्ड भएका ग्राहकहरूलाई प्राथमिकतामा सेवा प्रदान गरिनेछ। आवश्यकता अनुसार होम केयर सेवा, विशेष नर्सिङ्ग केयर र स्वास्थ्य उपकरण व्यवस्थापनमा पनि सहजीकरण गरिनेछ, जसले बीमितहरूको स्वास्थ्य सुरक्षा थप मजबुत बनाउने विश्वास गरिएको छ।

यस सहकार्यले आईएमई लाइफका कर्मचारी तथा अभिकर्ताहरूको कार्यक्षमता र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने साथै बीमित ग्राहकहरूको जीवनस्तर उकास्न योगदान दिने अपेक्षा गरिएको छ। दुबै संस्थाले संयुक्त रूपमा स्वास्थ्य सचेतना कार्यक्रम, विशेष स्वास्थ्य शिविर र सामाजिक उत्तरदायित्वका विविध कार्यक्रमहरू सञ्चालन गर्ने सहमति पनि गरेका छन्।

समझदारीपत्रमा आईएमई लाइफका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री खिलेन्द्र पौडेल तथा डा. रुप नारायण शाहले हस्ताक्षर गर्नुभएको हो।

एफवानसफ्ट (F1Soft) इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल नियुक्त

एफवानसफ्ट (F1Soft) इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:४६

काठमाडौँ, नेपाल, ३ बैशाख २०८३ — एफवानसफ्ट (F1Soft) इन्टरनेशनलले आफ्नो...

एनएमबि क्यापिटलको रेटिङ्ग अपग्रेड, ‘एनएमबि सरल बचत फण्ड–इ’ को आकार १० अर्ब पुर्‍याउन स्वीकृति

एनएमबि क्यापिटलको रेटिङ्ग अपग्रेड, ‘एनएमबि सरल बचत...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:४०

  काठमाडौं । एनएमबि क्यापिटल लिमिटेड ले महत्वपूर्ण उपलब्धि हासिल...

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:३४

काठमाडौं, वैशाख ३ — एन आई सी एशिया बैंक लिमिटेड...

सीजी ब्रान्डद्वारा वर्ष २०८३ का लागि नयाँ वार्षिक अभियान “Experience Life with CG” सार्वजनिक

सीजी ब्रान्डद्वारा वर्ष २०८३ का लागि नयाँ...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २३:१९

काठमाडौँ । नेपालको अग्रणी र सर्वाधिक विश्वासिलो घरेलु उपकरण ब्रान्ड...

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका :...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २३:१३

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...