एशोसिएट्स उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ समूहको उम्मेदवारी दर्ता, १९ जनाको प्यानल सार्वजनिक
Monday Apr 06, 2026
वि.सं.२०८२ चैत २३ सोमवार २०:५१
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि एशोसिएट्सतर्फ उपाध्यक्षका उम्मेदवार ज्योत्सना श्रेष्ठ नेतृत्वको समूहले उम्मेदवारी दर्ता गराएको छ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा प्रस्तावित वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल निकट समूहबाट श्रेष्ठ नेतृत्वको प्यानलले उम्मेदवारी दर्ता गराएको हो।
हनुमान जयन्तीको अवसर पारेर बिहीबार टेकुस्थित महासंघ केन्द्रीय कार्यालय पुगेर उपाध्यक्षसहित १६ जना सदस्यले सामूहिक रूपमा उम्मेदवारी दर्ता गराएका थिए। एशोसिएट्सतर्फको कुल १९ सदस्यीय कार्यसमितिका लागि बाँकी ३ जनाले भने आज उम्मेदवारी दर्ता गराएका हुन्।
ज्योत्सना श्रेष्ठ समूहबाट सदस्यका उम्मेदवारहरूमा अविनास बोहोरा, अम्बिका शर्मा लामिछाने, बटु लामिछाने, बलराम सापकोटा, भरत रानाभाट, देशबन्दु बस्नेत (अजित), गोपाल खनाल, जमुना पौडेल, जयस श्रेष्ठ, रामराजा श्रेष्ठ, डा. रामशरण थपलिया, राजकुमार तिमलसिना, सोभा ज्ञवाली, सन्दिप अग्रवाल (माखरिया), शैलेन्द्र गुरागाई, सुनिलनारायण श्रेष्ठ, सचिन ढकाल, इ. विनोद ढकाल र चन्द्र ढकाल (काभ्रे) रहेका छन्।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उपाध्यक्षका प्रत्यासी ज्योत्सना श्रेष्ठले आफ्नो समूह बलियो रहेको दाबी गर्दै समग्र टिमको जित सुनिश्चित रहेको बताइन्।
“हामीले सबै क्षेत्रका उद्योगी व्यवसायीलाई समेटेर सशक्त टिम निर्माण गरेका छौं,” उनले भनिन्।




























