CG Electronics
IME Life
NIMB

सिटिजन्स बैंकको ‘डिजिटल मन्थ उत्सव’, बैशाखभर विभिन्न सेवामा आकर्षक छुट

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा “डिजिटल मन्थ उत्सव” सञ्चालन गर्ने भएको छ। बैंकले २०८३ साल बैशाख १ गतेदेखि बैशाख ३१ गतेसम्म विभिन्न छुट तथा अफरहरू सहित उक्त उत्सव मनाउने जनाएको छ।

यस अवधिमा बैंकले आफ्ना ग्राहकहरूलाई विभिन्न डिजिटल बैंकिङ सेवाहरूमा विशेष छुट प्रदान गर्नेछ। बैंकका अनुसार निष्क्रिय डेबिट कार्डलाई पीओएस वा ई–कमर्समार्फत सक्रिय गराउँदा कारोबार रकमको १९ प्रतिशत वा अधिकतम रु. १९० सम्म क्यासब्याक प्रदान गरिनेछ।

त्यसैगरी, मोबाइल बैंकिङ वा डिजी बैंकमार्फत ई–कमर्स कार्ड अनुरोध गर्दा इश्यूअन्स चार्जमा ५० प्रतिशत छुट, निष्क्रिय व्यवसायिक क्यूआर सक्रिय गराउँदा कारोबार रकमको १९ प्रतिशत वा अधिकतम रु. १९० क्यासब्याक, होटल तथा रेष्टुरेन्टमा पीओएस मेसिन जडान गर्दा कारोबार शुल्कमा विशेष छुट प्रदान गरिनेछ।

मोबाइल बैंकिङ वा डिजी बैंकमार्फत लकर सेवा अनुरोध गर्दा वार्षिक शुल्कमा ५० प्रतिशत छुट, परिवारका सदस्यको नयाँ खाता खोल्दा प्रति खाता रु. १०० क्यासब्याक तथा मोबाइल बैंकिङमार्फत इन्टरनेशनल रेमिटेन्स भुक्तानी लिँदा रु. २०० क्यासब्याक समेत उपलब्ध गराइनेछ।

डिजिटल भुक्तानीलाई थप प्रोत्साहन गर्न सिटिजन्स फोनपे क्रेडिट कार्डमा पहिलो वर्षको शुल्कमा ५० प्रतिशत छुट दिने अफर पनि ल्याइएको छ।

बैंकले यसअघि नै ‘बैंक अफ द ईयर २०२४’ र ‘२०२५’ जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरिसकेको छ। साथै, फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ।

हालै बैंकले नवयुवालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’, ‘डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म तथा फ्रिलान्सरहरूका लागि विशेष ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ सञ्चालनमा ल्याएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभर ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत करिब २० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...