CG Electronics
IME Life
NIMB

बुटवलमा कर्जा सुरक्षण सम्बन्धी गोष्ठी तथा सफ्टवेयर अभिमुखिकरण कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

बुटवल। निक्षेप तथा कर्जा सुरक्षण कोषको केन्द्रीय कार्यालय र शाखा कार्यालय बुटवलको संयुक्त आयोजनामा कर्जा सुरक्षण सम्बन्धी गोष्ठी तथा कर्जा दाबी सम्बन्धी सफ्टवेयरको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

बुटवलस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटलमा आयोजित एक दिने उक्त कार्यशाला गोष्ठीमा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकको प्रदेश कार्यालय, विभिन्न लघुवित्त वित्तीय संस्थाहरू लगायतका प्रतिनिधिहरू सहभागी भएका थिए। कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे, नायव प्रमुख कार्यकारी अधिकृत उषा पौडेल, कर्जा विभाग प्रमुख विक्रान्त आचार्य तथा सूचना प्रविधि विभाग प्रमुख राजु के.सी. सहित कोषका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन शाखा कार्यालय बुटवल प्रमुख बसन्त के.सी. ले गरेका थिए भने स्वागत मन्तव्य नायव प्रमुख कार्यकारी अधिकृत उषा पौडेलले दिएकी थिइन्।

कार्यक्रममा कर्जा सुरक्षण कार्यक्रम तथा भावी योजनाबारे कर्जा विभाग प्रमुख विक्रान्त आचार्यले जानकारी दिएका थिए। साथै, नयाँ सञ्चालनमा आउन लागेको कर्जा सुरक्षण सम्बन्धी सफ्टवेयरबारे सूचना प्रविधि विभाग प्रमुख राजु के.सी. ले प्रस्तुति दिएका थिए।

सहभागी संस्थाका प्रतिनिधिहरूले विभिन्न जिज्ञासा राखेका थिए, जसको जवाफ कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले दिएका थिए।

कोषका अनुसार वार्षिक नीति तथा कार्यक्रमअनुसार बैंक तथा वित्तीय संस्थासँग निरन्तर छलफल गर्दै कर्जा सुरक्षण प्रणालीमा देखिएका समस्या पहिचान गर्ने र सुझाव संकलन गर्ने उद्देश्यले सबै प्रदेशमा यस्ता गोष्ठी सञ्चालन गर्ने लक्ष्य लिइएको छ।

इनड्राइभको महिलाउद्यमीहरूलाई विश्वव्यापी नेटवर्क र लगानीसँगजोड्ने योजना

इनड्राइभको महिलाउद्यमीहरूलाई विश्वव्यापी नेटवर्क र लगानीसँगजोड्ने योजना

वि.सं.२०८३ जेठ ११ सोमवार २१:०४

  काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालसहित...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा विलम्बशुल्क छुटसहितको पुनर्जागरण अभियान सुरु

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा विलम्बशुल्क छुटसहितको पुनर्जागरण...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:५२

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले विभिन्न कारणले समयमै बीमाशुल्क...

टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:४५

काठमाडौं, नेपाल। नेपालको सूचना प्रविधि (IT) क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई...

एनआईसी एशिया बैंकद्वारा सुर्खेतको विद्यालयमा खानेपानी ट्यांकी र मोटर सहयोग हस्तान्तरण

एनआईसी एशिया बैंकद्वारा सुर्खेतको विद्यालयमा खानेपानी ट्यांकी...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:२३

  काठमाडौँ । एनआई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक...

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:०४

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित १२...

गरिमा क्यापिटलद्वारा कर्मचारीहरूका लागि एक दिने एएमएल/सीएफटी तालिम सम्पन्न

गरिमा क्यापिटलद्वारा कर्मचारीहरूका लागि एक दिने एएमएल/सीएफटी...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:५०

काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडले आफ्ना सम्पूर्ण कर्मचारीहरूका लागि सम्पत्ति...