CG Electronics
IME Life
Ncell NPL

परिवर्तनका लागि अहिलेको पुस्ताले चुनौती बेहोर्नुपर्छ : रवि लामिछाने

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभपाति रवि लामिछानेले जनताको विश्वास जित्न सके सरकार सञ्चालन अझ सहज हुने बताएका छन् ।

लामिछानेले नेताको रूपमा आफू हरेक नागरिकको घरमा पुग्न नसक्ने भए पनि पार्टीको नीति र सरकारका कार्यक्रम भने जनतासम्म पुग्ने विश्वास व्यक्त गरे । उनले सरकारले जनताका लागि राम्रो काम गर्ने दाबी गर्दै नागरिकमा विश्वास गर्ने वातावरण बन्नु सकारात्मक पक्ष भएको उल्लेख गरे ।

उनले भने, ‘नेताको रुपमा म जनताको घरमा पुग्न नसकुला । तर नीतिका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीको नीति र वर्तमान सरकारको नीति हरेकको घरमा पुग्ने छ । सरकारले केही न केही गर्छ । जनताको लागि राम्रो पक्कै गर्ने छ सरकारले । सरकारले व्यवस्था गर्छु भनेको छ । हामी विश्वास गरौं न त भन्ने वातावरण बनेको हुन सक्दछ । नागरिकको विश्वास प्राप्त गर्न सक्नु ठूलो कुरा हो ।’

उनका अनुसार सरकार बन्नु र ढल्नु सामान्य प्रक्रिया भए पनि जनताको विश्वास प्राप्त गरेको सरकार हुनु महत्वपूर्ण कुरा हो । विगतमा दुईतिहाइ बहुमतका सरकारहरू बने पनि टिक्न नसकेको सन्दर्भ उल्लेख गर्दै उनले विश्वासको आधार बलियो भए शासन सञ्चालन अझ प्रभावकारी हुने बताए ।

लामिछानेले परिवर्तनको प्रक्रियामा केही कठिनाइ आउने स्वीकार गर्दै त्यसको दीर्घकालीन लाभ आगामी पुस्ताले पाउने बताए । उनले केवल एक चुनावदेखि अर्को चुनावसम्म मात्र नहेरी पुस्तान्तरणको दृष्टिकोणबाट काम गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘सरकार त जहिले पनि बन्छ । दुई तिहाइका सरकार यो भन्दा अगाडि बने ढले पनि । तर जनताको विश्वास भएको सरकार भयो भने झन सहज हुन्छ । परिवर्तन गर्दा अलिकति दुख त हुन्छ । तर त्यसले दिने नतिजा भोलिको पुस्ताले पाउने जुन नतिजा छ । हामीले एउटा चुनावबाट अर्को चुनाव मात्र हेर्ने होइन, हामीले एउटा पुस्ताबाट अर्को पुस्तामा जाने हो । अब आउने पुस्ताले हामीले भोेगेको जस्तो पीडा समस्या भोग्न नपरोस् भन्नका लागि काम गर्दा हाम्रो पुस्ताले थोरै समस्याको सामना गर्नुपर्छ ।’

५ हजार ५७० मिटर उचाइमा रहेको ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’ को सफल आरोहण

५ हजार ५७० मिटर उचाइमा रहेको ‘जुगल...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:१५

  काठमाडौं । काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा रहेको जुगल हिमशृङ्खलाभित्र...

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:०८

  काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय...

सरकारले विकासका नाममा प्राकृतिक सम्पदा र स्थानीय बस्तीमाथि विभेदपूर्ण व्यवहार गरिरहेको हर्क राइको आरोप

सरकारले विकासका नाममा प्राकृतिक सम्पदा र स्थानीय...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:००

  काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)...

इरानद्वारा पाकिस्तानमार्फत अमेरिकासमक्ष नयाँ शान्ति प्रस्ताव पेश

इरानद्वारा पाकिस्तानमार्फत अमेरिकासमक्ष नयाँ शान्ति प्रस्ताव पेश

वि.सं.२०८३ वैशाख १४ सोमवार १८:३६

काठमाडौं । तेहरानले क्षेत्रीय तनाव कम गर्ने उद्देश्यले पाकिस्तानमार्फत अमेरिकासमक्ष...

कक्षा १२ को परीक्षामा कर्णालीबाट २४ हजार परीक्षार्थी सहभागी

कक्षा १२ को परीक्षामा कर्णालीबाट २४ हजार...

वि.सं.२०८३ वैशाख १४ सोमवार ०९:११

  सुर्खेत । कर्णालीमा कक्षा १२ को परीक्षामा २४ हजार...

बहुविषयक अन्तर्राष्ट्रिय सम्मेलनबाट शैक्षिक रूपान्तरणको आह्वान

बहुविषयक अन्तर्राष्ट्रिय सम्मेलनबाट शैक्षिक रूपान्तरणको आह्वान

वि.सं.२०८३ वैशाख १४ सोमवार ०९:०७

सुर्खेत । सुर्खेतमा आयोजित बहुविषयक अन्तर्राष्ट्रिय सम्मेलन–२०२६ ले बहुविषयगत सहकार्य,...