CG Electronics
IME Life
Ncell NPL

निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोण अझै बदलिन सकेन : चन्द्रप्रसाद ढकाल

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रप्रति राज्य र समाजले हेर्ने दृष्टिकोण अझै पूर्ण रूपमा परिवर्तन हुन नसकेको बताएका छन्।

बुधबार आयोजित नेपाल उद्योग वाणिज्य महासंघको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले पछिल्ला तीन वर्षमा निजी क्षेत्रका धेरै पुराना कानुनी तथा नीतिगत समस्याहरू समाधानतर्फ अघि बढेको भए पनि निजी क्षेत्रको योगदानलाई हेर्ने दृष्टिकोणमा अपेक्षित सुधार आउन नसकेको बताए।

उनले भने, ‘हामीले यो तीन वर्षको समयमा धेरै पुराना कानुन परिवर्तनका कुराहरू उठायौं। चाहे निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणको विषय होस्, चाहे सरकार र निजी क्षेत्रबीच पक्ष–प्रतिपक्षको रूपमा मात्र कुरा गरेर आफ्ना तार्किक समस्याहरू राख्न सकिन्छ भन्ने धारणा होस्, हामी वास्तवमै एउटा तहमा सफल भएका छौं। तर अझै निजी क्षेत्रले गरेको योगदानलाई हेर्ने दृष्टिकोण जुन हुनुपर्ने हो, त्यो भएको छैन।’

अध्यक्ष ढकालले महासंघभित्रको नेतृत्व चयन प्रक्रियाबारे पनि धारणा राख्दै सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल हुन नसकेको बताए। उनले आगामी नेतृत्वलाई निजी क्षेत्रका बाँकी समस्याहरू समाधानतर्फ अझ प्रभावकारी रूपमा काम गर्न शुभकामना दिए।

उनले भने, ‘ज्योत्सना श्रेष्ठहरूको टिमले अझै निजी क्षेत्रका समस्याको समाधानका लागि अगाडि बढाइएको कामलाई पूरा गर्न अब आउने नयाँ टिमले निरन्तरता दिनेछ भन्ने विश्वास लिएको छु। मैले सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरेँ, तर सम्भव भएन।’

ढकालले निजी क्षेत्रलाई राष्ट्रको आर्थिक विकासको प्रमुख साझेदारका रूपमा हेर्न आवश्यक रहेको उल्लेख गर्दै सरकार र निजी क्षेत्रबीच सहकार्य अझ मजबुत हुनुपर्नेमा जोड दिए।

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ,...

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:०६

  काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न...

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:४३

  काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा...

ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा

ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:३१

  काठमाडौं । लामो समयदेखि अवरुद्ध ललितपुरको बालकुमारीस्थित जीआईएस सबस्टेशन...

हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म लास उठाउँदैनौ : बिन्दमाया विश्वकर्मा

हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:०२

  काठमाडौं । सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा ७...

राजस्व अनुसन्धान विभागद्वारा ६८ अर्ब ९४ करोड बढी बिगो कायम गर्दै दुई जनाविरुद्ध मनी लाउन्डरिङ मुद्दा दायर

राजस्व अनुसन्धान विभागद्वारा ६८ अर्ब ९४ करोड...

वि.सं.२०८३ वैशाख १६ बुधवार २०:३३

काठमाडौं । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन तथा सम्पत्ति...