CG Electronics
IME Life
NIMB

सिटिजन लाइफद्वारा स्व. तेजबहादुर खत्रीको परिवारलाई १ करोड ४८ लाख दाबी भुक्तानी

NIMB
Himalayan Bank

 

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भैरहवा शाखाले सिद्धार्थनगर नगरपालिका–१३ निवासी भगतवी खत्रीलाई बीमा दाबी भुक्तानी प्रदान गरेको छ।

वडा नं. १३ का सक्रिय मदिरा व्यवसायी तथा समाजसेवी स्व. तेजबहादुर खत्रीको २०८२ साल फागुन २८ गते सडक दुर्घटनामा परी निधन भएको थियो। स्व. खत्रीले सिटिजन लाइफ इन्स्योरेन्सको भैरहवा शाखाबाट ७० लाख रुपैयाँ बराबरको वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना खरिद गरेका थिए।

बीमितको असामयिक निधनपछि कम्पनीले बीमा सम्झौताअनुसार दाबी भुक्तानी गर्दै पीडित परिवारलाई आर्थिक राहत प्रदान गरेको जनाएको छ। कम्पनीका अनुसार कुल १ करोड ४८ लाख ९८ हजार ९ सय ६३ रुपैयाँ दाबी भुक्तानी गरिएको हो।

उक्त रकम मृतककी पत्नी भगतवी खत्रीलाई एक औपचारिक कार्यक्रममार्फत हस्तान्तरण गरिएको थियो। कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रबन्धक, शाखा प्रमुख, एजेन्सी म्यानेजरहरू तथा विभिन्न समाजसेवीहरूको उपस्थिति रहेको थियो।

खत्री परिवारका तर्फबाट मृतकका दाजु खिमबहादुर खत्री, भाइ भोजबहादुर खत्री तथा छोराहरू तुसार खत्री र बवि खत्रीको पनि कार्यक्रममा सहभागिता रहेको थियो।

कार्यक्रममा खिमबहादुर खत्रीले दुःखको घडीमा समयमै दाबी भुक्तानी उपलब्ध गराएकोमा कम्पनीप्रति आभार व्यक्त गर्दै यसले परिवारलाई ठूलो सहारा मिलेको बताए। उनले बीमाको महत्त्वबारे सबैलाई सचेत रहन आग्रह पनि गरे।

त्यसैगरी, क्षेत्रीय प्रबन्धक नरेश सिग्देलले बीमाको आवश्यकता तथा जोखिम व्यवस्थापनमा यसको भूमिकाबारे प्रकाश पार्दै स्व. खत्रीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

सिटिजन लाइफ इन्स्योरेन्सले समयमै दाबी भुक्तानी गर्दै सेवाग्राहीप्रति आफ्नो प्रतिबद्धता पुनः प्रमाणित गरेको जनाएको छ।

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...