CG Electronics
IME Life
NIMB

भरतपुर विद्युतका २८१ ग्राहक कालोसूचीमा

NIMB
Himalayan Bank

चितवन । नेपाल विद्युत प्राधिकरण अन्तर्गत भरतपुर वितरण केन्द्रले विद्युत महसुल लामो समयसम्म नतिर्ने २८१ ग्राहकलाई कालोसूचीमा राखेको छ ।

कार्यालयका अनुसार पटक–पटक सूचना जारी गर्दा समेत बक्यौता रकम भुक्तानी नगरेपछि ती ग्राहकलाई कालोसूचीमा राखिएको हो ।

विद्युत कार्यालय प्रमुख राजेन्द्र कुमार चौधरीका अनुसार ‘६ महिनासम्म पनि बक्यौता रकम नबुझाउने ग्राहकलाई केन्द्रले कालोसूचीमा राख्ने गरेको छ ।

‘प्राधिकरणका कर्मचारीले विद्युत् मिटर रिडिङ गरेको दुई महिनासम्म महसुल नबुझाउने ग्राहकको लाइन काट्ने गरेको छ ।

सुरुवातमा विद्युत महसुल वक्यौता धेरै भएका ग्राहकको लाइन काटिन्छ ।’ लाइन काटेको ६ महिनासम्म पनि बिद्युतको महसुल नतिर्ने ग्राहकलाई कालोसुचिमा राख्ने गरिन्छ ।

लाइन काटीसकेपछि कालोसूचीमा परेका ग्राहकहरूले फेरि ग्राहक बन्नका लागि नयाँ ग्राहक सरह पुरानो पैसा तिरेर आवेदन दिई ग्राहक बन्न पाउने नियम रहेको प्रमुख चौधरीले बताए ।

यस्तै पछिल्लो समय नागरिकहरु सचेत हुँदै गएको हुँदा विगतका वर्षहरूमा भन्दा कालोसूचीमा पर्नेको संख्या घट्दै गएको उनले बताए । भरतपुर वितरण केन्द्रमा हालसम्म ७५ हजार ग्राहक रहेका छन्।

यसैगरी भरतपुर विद्युत कार्यालयमा सेवाप्रवाहलाई सहज बनाउन ‘एकद्वार प्रणाली’ कार्यान्वयन गरिएको छ ।ग्राहकहरुको सहजताका लागि कार्यालयले ‘एकद्वार प्रणाली’ कार्यान्वयन गरिएको हो ।

बिद्युत कार्यलयका प्रमुख राजेन्द्र कुमार चौधरीका अनुसार पहिले सेवाग्राहीले एउटा कामका लागि विभिन्न टेबल र फाँट धाउनुपर्ने बाध्यता थियो। कुन फाँटमा जाने, कुन नम्बरमा पुग्ने भन्ने अन्योलका कारण सेवाग्राहीले सास्ती खेप्नुपरेको अवस्था अहिले हटाइएको उनले बताए ।

प्रमुख चौधरीले अहिले एकद्वार प्रणाली लागू भएपछि एउटै स्थानबाट आवश्यक जानकारी र सेवा प्राप्त गर्न सकिने व्यवस्था गरिएको जानकारी दिए । यसबाट सेवाग्राहीको समय बचत हुनुका साथै काम छिटो र व्यवस्थित रूपमा सम्पन्न हुन थालेको उनले उल्लेख गरे ।

उनले सेवामैत्री वातावरण निर्माण गर्दै नागरिकलाई सरल, छिटो र प्रभावकारी सेवा दिन विभिन्न सुधारका काम अघि बढाइएको बताए ।

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...