CG Electronics
IME Life
NIMB

काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप लिग–२०८३ आयोजना हुँदै, ट्रफी अनावरण

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल भलिबल संघले आगामी काभा महिला भलिबल च्याम्पियनसिप लिग–२०८३ को ट्रफी अनावरण गरेको छ । संघले आइतबार पत्रकार भेटघाट कार्यक्रममार्फत प्रतियोगिताको तयारी, सहभागिता र व्यवस्थापनबारे जानकारी गराएको हो ।

नेपाल भलिबल संघका अनुसार प्रतियोगिता आगामी जेठ ८ देखि १५ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ । राष्ट्रिय खेल भलिबलको विकास र विस्तारलाई लक्षित गर्दै नेपालले विगतदेखि नै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको संघले जनाएको छ ।

यस पटकको प्रतियोगितामा इरान, किर्गिस्तान, भारत, श्रीलंका, बङ्गलादेश, मालदिभ्स, कजाकिस्तान र नेपाल सहित आठ राष्ट्रको सहभागिता सुनिश्चित भइसकेको छ ।

संघका अनुसार यो प्रतियोगिता विश्व वरियतासँग सम्बन्धित भएकाले नेपालले राम्रो प्रदर्शन गर्न सकेमा राष्ट्रिय महिला भलिबल टोलीको वरियता सुधार हुने अपेक्षा गरिएको छ ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारणको अधिकार हिमालय स्पोट्र्सले प्राप्त गरेको छ । संघले प्रतियोगिताको अधिकांश तयारी पूरा भइसकेको र बाँकी कामहरू निर्धारित समयभित्र सम्पन्न गरिने जानकारी दिएको छ ।

आयोजनाका लागि करिब २ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । नेपाल सरकारबाट एक करोड र काठमाडौं महानगरपालिकाबाट ३० लाख बजेट सहयोग प्राप्त भएकोमा संघले आभार व्यक्त गरेको छ ।

पत्रकार सम्मेलनमा नेपाल भलिबल संघले अन्तर्राष्ट्रिय स्तरको यो प्रतियोगितालाई सफल बनाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै व्यापक प्रचार–प्रसारमा सहयोग गर्न आग्रह गरेको छ ।

संघले ‘सहयोग र सहकार्यको लागि धन्यवाद’ भन्दै प्रतियोगितालाई सफल बनाउन सबै पक्षसँग सहकार्यको अपेक्षा व्यक्त गरेको छ ।

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:४७

  काठमाडौंँ । सरकारले खेलकुदका लागि ४ अर्ब ३ करोड...

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि,...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५५

  काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...