CG Electronics
IME Life
Ncell NPL

हुलास फिनसर्भको नाफा ६५.३५ प्रतिशतले वृद्धि, कर्जा पोर्टफोलियो ११.२८ अर्ब रुपैयाँ पुग्यो

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । हुलास फिन सर्भ हायर पर्चेज लिमिटेड (साबिक हुलास फिन सर्भ लिमिटेड) ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले उल्लेखनीय व्यवसायिक विस्तार र कर्जा असुलीमा सुधारका कारण नाफा तथा कर्जा लगानी दुवै क्षेत्रमा उच्च वृद्धि हासिल गरेको छ।

कम्पनीले समीक्षा अवधिसम्म २४ करोड १३ लाख ४२ हजार रुपैयाँ (रु. २४१.३४ मिलियन) खुद नाफा आर्जन गरेको जनाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ६५.३५ प्रतिशतले बढी हो।

त्यसैगरी, कम्पनीको कुल कर्जा पोर्टफोलियो ११.२८ अर्ब रुपैयाँ पुगेको छ। यो व्यवसायिक विस्तारको हिसाबले ७५.१० प्रतिशतको वृद्धि हो।
कम्पनीका अनुसार प्रभावकारी रिकभरी व्यवस्थापनका कारण निष्क्रिय कर्जा (एनपीएल) अनुपात ४.२२ प्रतिशतबाट घटेर २.९४ प्रतिशतमा झरेको छ।

कर्जा लगानी बढिरहे पनि सम्पत्ति गुणस्तरमा सुधार हुनु कम्पनीको वित्तीय व्यवस्थापनको सकारात्मक संकेत भएको कम्पनीले जनाएको छ।

कम्पनीले आगामी दिनमा पनि सन्तुलित र दिगो व्यवसायिक वृद्धि, प्रभावकारी जोखिम व्यवस्थापन, कर्जा असुली सुदृढीकरण तथा सरोकारवालाको दीर्घकालीन हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

नेपाली महको अन्तर्राष्ट्रिय बजार पहुँचका लागि बृहत् परियोजना र महिला उद्यमी संवाद

नेपाली महको अन्तर्राष्ट्रिय बजार पहुँचका लागि बृहत्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार २३:४८

काठमाडौं । नेपालको मह क्षेत्रलाई उच्च निर्यात सम्भावना भएको उद्योगको...

लक्ष्मी सनराइज बैंक र आईएफसीबीच महिला उद्यमशीलता प्रवर्द्धनका लागि सहकार्य सम्झौता

लक्ष्मी सनराइज बैंक र आईएफसीबीच महिला उद्यमशीलता...

वि.सं.२०८३ वैशाख २९ मंगलवार २३:४३

  काठमाडौं । लक्ष्मी सनराइज बैंकले विश्व बैंक समूहअन्तर्गतको निजी...

Laxmi Sunrise Bank Partners with IFC to Advance Women-Focused Financial Inclusion in Nepal

Laxmi Sunrise Bank Partners with IFC to...

वि.सं.२०८३ वैशाख २९ मंगलवार २३:४०

Kathmandu, Nepal –Laxmi Sunrise has entered into an advisory engagement...

नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्षमा पुन : रामबहादुर यादव

नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्षमा पुन :...

वि.सं.२०८३ वैशाख २९ मंगलवार २३:३२

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघ को उन्नाइसौं साधारण सभाले...

सरकारको नीतिपछि सेयर बजारमा लगानीकर्ता त्रसित

सरकारको नीतिपछि सेयर बजारमा लगानीकर्ता त्रसित

वि.सं.२०८३ वैशाख २९ मंगलवार २३:०७

काठमाडौं । सरकारले सार्वजनिक गरेको आर्थिक तथा राजस्वसम्बन्धी नीति, बैंकिङ...

नेपालमा एमजी एस सिक्स इलेक्ट्रीक एसयूभी सार्वजनिक: ६९.९९ लाख मूल्यमा ५३० किमि रेन्ज दाबी

नेपालमा एमजी एस सिक्स इलेक्ट्रीक एसयूभी सार्वजनिक:...

वि.सं.२०८३ वैशाख २९ मंगलवार २२:४५

काठमाडौं । नेपालमा एमजीको नयाँ इलेक्ट्रीक एसयूभी ‘एमजी एस सिक्स’...