CG Electronics
IME Life
NIMB

नागरिक लगानी कोष र लक्ष्मी सन्राइज बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नागरिक लगानी कोष र लक्ष्मी सन्राइज बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोषको व्यवस्थापन गर्नेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा कोषका निर्देशक नबराज खड्का र बैंकका मानव संशाधन प्रमुख अमित शर्माले हस्ताक्षर गर्नु भएको हो ।

सम्झौतामा योगदानमा आधारित भए/नभएको, उपदान कोष, स्वेच्छिक अवकाश कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन गर्ने व्यवस्था रहेको छ ।

अब बैंकका कर्मचारीहरूको व्यतिगत अभिलेख तथा खाता तयार गरी परिचय पत्र सम्बन्धित कर्मचारीलाई प्रदान गर्ने, बैंकबाट मासिक’/वार्षिक रूपमा कोष कट्टी गरी प्राप्त भएको रकम र विवरण सम्बधित कर्मचारी वा बैंकको खाता अद्यावधिक गर्ने, बैंकको सिफारिसमा सेवा निवृत कर्मचारीलाई अवकाश रकम भुक्तानी गर्ने व्यवस्था कोषले गर्नेछ ।

त्यसैगरी, बैंकका कर्मचारीहरूले कोषमा जम्मा भएको रकममा नागरिक लगानी कोष ऐन, नियम, विनियम, निर्देशिका एवम् कार्यविधिमा उल्लेख भए अनुसार ब्याज, प्रतिफल तथा अन्य सेवा–सुविधा प्राप्त गर्नेछन् । कोषले अवकाश वा सेवा निवृत्त भएका कर्मचारीलाई नियमानुसार कर कट्टा गरी भुक्तानी उपलब्ध गराउनेछ ।

त्यसको लागि बैंकले आफ्ना कर्मचारीहरूको विवरण कोषलाई उपलब्ध गराउने, मासिक तथा वार्षिक रूपमा कट्टा गरिएको रकम सम्बन्धित कोषमा जम्मा गर्ने तथा सेवा निवृत्त कर्मचारीहरूको अवकाश रकम भुक्तानीका लागि सिफारिस गर्ने पनि सम्झौतामा उल्लेख छ ।

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावित जनप्रिय आधारभूत विद्यालयको भवन पुनर्निर्माण गरी हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावित जनप्रिय आधारभूत विद्यालयको...

वि.सं.२०८३ जेठ १९ मंगलवार २२:५३

  सिद्धार्थ बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्पबाट...

बजेटले निजी क्षेत्रको मनोबल बढाए पनि निर्यातका मुख्य मागहरू सम्बोधन गर्न निर्यात व्यवसायी महासंघको माग

बजेटले निजी क्षेत्रको मनोबल बढाए पनि निर्यातका...

वि.सं.२०८३ जेठ १९ मंगलवार २२:२०

  नयाँ राजनीतिक स्थिरताको परिवेश, चुनावी प्रतिबद्धता र सरकारको १...

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई मेधर्म क्लिनिक्समा १५ प्रतिशत छुट दिने सम्झौता

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई मेधर्म क्लिनिक्समा...

वि.सं.२०८३ जेठ १९ मंगलवार २२:०९

    नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा...

एनआईसी एशिया बैंकको सञ्चालक समिति अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त

एनआईसी एशिया बैंकको सञ्चालक समिति अध्यक्षमा अशोककुमार...

वि.सं.२०८३ जेठ १९ मंगलवार २१:५९

  एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार...

सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपाली बजारमा सार्वजनिक

सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपाली बजारमा सार्वजनिक

वि.सं.२०८३ जेठ १९ मंगलवार १२:४९

  काठमाडौं । सीजी रिलायन्स बेभरेज प्रालिले नेपाली बजारमा नयाँ...

राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा सुधा श्रेष्ठ नियुक्त

राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा सुधा...

वि.सं.२०८३ जेठ १९ मंगलवार १०:३१

  काठमाडौं । नेपाल राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा...