CG Electronics
IME Life
NIMB

‘एलएस होराइजन १२’ योजनामा लगानीकर्ताको उत्साहजनक आवेदन

NIMB
Himalayan Bank

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेड द्धारा व्यवस्थापन गरिएको ‘एलएस होराइजन १२’ योजनामा लगानीकर्ताको उल्लेखनीय आकर्षण देखिएको छ। मागभन्दा अत्यधिक आवेदन परेपछि योजनाको इकाई बिक्री आवेदन निर्धारित समयअघि नै बन्द गरिएको कम्पनीले जनाएको छ।

लक्ष्मी सनराइज बैक लिमिटेड कोष प्रवर्द्धक तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यस बन्दमुखी सामूहिक लगानी योजनाको १२ करोड इकाई बिक्रीका लागि वैशाख ३० गतेदेखि सार्वजनिक निष्कासन खुला गरिएको थियो। तर, बिक्री खुला भएको छ कार्यदिनभित्रै १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी बराबरको आवेदन प्राप्त भएपछि आजदेखि आवेदन प्रक्रिया बन्द गरिएको हो।

योजनाको कुल निष्कासनमध्ये बीज पूँजीबापत १ करोड ८० लाख इकाई लक्ष्मी सनराइज बैंक लिमिटेडलाई सुरक्षित राखिएको छ भने बाँकी १० करोड २० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरिएको थियो।

लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड २० लाख इकाइसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाका आस्वा सेवा केन्द्रमार्फत संकलन गरिएको थियो। कम्पनीका अनुसार छोटो अवधिमै योजनाप्रति प्राप्त उत्साहजनक सहभागिताले नेपाली पूँजी बजारप्रति लगानीकर्ताको विश्वास अझ मजबुत बन्दै गएको संकेत गरेको छ।

उक्त योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी पनि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले नै निर्वाह गरेको हो।

 

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी र वासिङ मेसिन हस्तान्तरण

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी...

वि.सं.२०८३ असार २४ बुधवार १९:००

  काठमाडौं, असार २४ – फोनपोइन्ट्सले हालै सम्पन्न आफ्ना दुई...

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना फैलाउँदै वल्र्डलिंक

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना...

वि.सं.२०८३ असार २४ बुधवार १४:००

  काठमाडौं। वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...