CG Electronics
IME Life
NIMB

एनआईसी एशिया बैंकद्वारा सुर्खेतको विद्यालयमा खानेपानी ट्यांकी र मोटर सहयोग हस्तान्तरण

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । एनआई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुर्खेतको वीरेन्द्रनगर–१, धारापानीस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पानी ट्यांकी तथा मोटर जडान गरी हस्तान्तरण गरेको छ। विद्यालयमा स्वच्छ खानेपानीको उचित व्यवस्थापन मिलाई विद्यार्थीहरूका लागि सहज शैक्षिक तथा स्वास्थ्य अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यका साथ बैंकले उक्त सहयोग उपलब्ध गराएको हो।

१६७ जनाभन्दा बढी विद्यार्थीहरू अध्ययनरत यस विद्यालयका लागि बैंकका कर्णाली सर्कल हेड जीवन शाहीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशिला सुनारलाई एक विशेष कार्यक्रमका बीच उक्त पानी ट्यांकी र मोटर हस्तान्तरण गर्नुभयो। २०८३ ज्येष्ठ ८ गते आयोजित सो सहयोग हस्तान्तरण कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष दिनेश खत्री, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरू, शिक्षक, शिक्षिका, विद्यार्थी तथा बैंकका स्थानीय कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

बैंकले उपलब्ध गराएको उक्त सहयोगका कारण विद्यालयमा स्वच्छ र सफा खानेपानीको व्यवस्थापन अझ प्रभावकारी हुने विश्वास लिइएको छ। यसबाट विद्यार्थी तथा शिक्षकहरूको स्वास्थ्यमा सकारात्मक सुधार आउने र दैनिक रूपमा पिउने पानीको समस्या टर्ने हुँदा विद्यालयको समग्र शैक्षिक वातावरण थप सहज र अनुकूल बन्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी जयन्द्र रावलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता, स्वास्थ्य शिविरदेखि रक्तदानसम्मका कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता,...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३८

  काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेड ले ३२औँ वार्षिकोत्सवको...

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३१

  पाल्पा । सहकारी संस्थाको संस्थागत संरक्षण, निर्जीवन बीमा सचेतना...

एथरको बिर्तामोडमा नयाँ एक्सपिरियन्स सेन्टर, प्रिमियम इलेक्ट्रिक स्कुटर बजार विस्तारमा जोड

एथरको बिर्तामोडमा नयाँ एक्सपिरियन्स सेन्टर, प्रिमियम इलेक्ट्रिक...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:२७

  बिर्तामोड । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्राण्ड एथर...

कामना सेवा विकास बैंकद्वारा नेपाल रेडक्रस सोसाइटीलाई डोनर बेड हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा नेपाल रेडक्रस सोसाइटीलाई...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:२३

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत...

इनड्राइभको महिलाउद्यमीहरूलाई विश्वव्यापी नेटवर्क र लगानीसँगजोड्ने योजना

इनड्राइभको महिलाउद्यमीहरूलाई विश्वव्यापी नेटवर्क र लगानीसँगजोड्ने योजना

वि.सं.२०८३ जेठ ११ सोमवार २१:०४

  काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालसहित...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा विलम्बशुल्क छुटसहितको पुनर्जागरण अभियान सुरु

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा विलम्बशुल्क छुटसहितको पुनर्जागरण...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:५२

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले विभिन्न कारणले समयमै बीमाशुल्क...