CG Electronics
IME Life
NIMB

औषधिको भन्सार सिस्टममा होस् : पवन आचार्य

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल औषधि आयातकर्ता संघ (मीयान) का अध्यक्ष पवन आचार्यले औषधिमा भन्सार कर्मकारीको तजविजका आधारमा लगाउने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् ।
अर्थ बजार डटकमद्वारा मंगलबार काठमाडौंमा आयोजित ‘आगामी बजेट र उद्योगी तथा ब्यवसायीका साझा मुद्दा विषयक अन्तर्किया कार्यक्रममा आचार्यले औषधिमा ५ प्रतिशत मात्रै भन्सार लाग्ने कानुनी ब्यवस्था भएपनि भन्सारका अधिकारीहरुले तजविजका आधारमा २८ प्रतिशतसम्म जरिवाना लगाउने गरेको गुनासो गरे ।

‘औषधिमा ५ प्रतिशत मात्रै भन्सार लाग्छ भनिएको छ, औषधिमा आयात गर्दा नै एमआरपी तय भएको हुन्छ, तर भन्सारमा बिजकलाई आधिकारिकता नदिएर २८ प्रतिशतसम्म जरिवाना लगाउने गरिएको छ, भन्सार अधिकृतको तजविज होइन सिस्टमका आधारमा भन्सार लगाइयोस्, हाम्रो कारोबार खुला छ, अनलाइन बिलिङ छ, किनेको र बेचेको मूल्य सरकारलाई जानकारी हुन्छ,’ आचार्यले भने ।
उनले सरकारले औषधिमा स्वचालित मूल्य कायम गर्न नसक्दा हाल क्यान्सरको उपचारमा प्रयोग हुने ‘प्लाटिनम’ समूहका औषधीहरु सिस्पाटिन तथा कार्वोप्लाटिनको अभाव भएको पनि बताए ।

‘अहिले बजारमा क्यान्सर उपचारमा प्रयोग हुने सिस्पाटिन तथा कार्वोप्लाटिन औषधि अभाब भएको छ, सरकारले स्वचालित मूल्य कायम नगर्दा यो अवस्था भयो, हामी सकेसम्म बिरामीलाई सहज रुपमा औषधि आपूर्ति होस् भनेर लागिपरेका छौं, तर सरकारले फेरि अभाव नहुने गरेर स्वचालित मूल्य कायम गरोस्,’ उनले भने ।

आचार्यले भारत र बंगलादेशबाट नेपालमा औषधि आयात हुँदै आएको तर हाल पश्चिम एसियाली मुलुकमा जारी द्वन्द्वका कारण कच्चा पदार्थमा भारी मूल्य वृद्धि हुँदा भारतमा समेत औषधिको मूल्य उच्च वृद्धि भएको बताए ।

‘हाल पश्चिम एसियाली मुलुकमा जारी द्वन्द्वका कारण कच्चा पदार्थमा भारी मूल्य वृद्धि हुँदा भारतमा समेत औषधिको मूल्य उच्च वृद्धि भएको छ, नेपालमा त्यसको असर परेको छ, स्वचालित मूल्य कायम हुँदा भारतमा बढ्दा नेपालमा पनि मूल्य बढ्छ, घट्दा घट्छ, उपभोक्तालाई पनि सहज हुन्छ,’ आचार्यले औषधि अभावको दीर्घकालीन समाधान बारे सुझाउँदै भने ।

आचार्यले सोमबार मात्रै बंगलादेशबाट ८०० भायल कार्वोप्लाटिन आयात गरिएको र बिरामीलाई चिकित्सकको प्रेसकिप्सनका आधारमा उपलब्ध गराइएको पनि बताए ।

‘बंगलादेशबाट ८०० भायल कार्वोप्लाटिन आयात गरेका छौं, र एउटै ब्यक्तिले धेरै नलिउन भनेर बिरामीलाई चिकित्सकको प्रेसकिप्सनका आधारमा उपलब्ध गराएका छौं,’ आचार्यले भने ।

सगरमाथा संरक्षण र दिगो पर्वतारोहण आजको आवश्यकता : राष्ट्रपति पौडेल

सगरमाथा संरक्षण र दिगो पर्वतारोहण आजको आवश्यकता...

वि.सं.२०८३ जेठ १३ बुधवार १०:०४

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार...

मध्यम व्यवसायी जोगाउन नसके अर्थतन्त्र नै संकटमा पर्छ : लिलाबल्लभ दाहाल

मध्यम व्यवसायी जोगाउन नसके अर्थतन्त्र नै संकटमा...

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:५८

  काठमाडौं । पर्यटन व्यवसायी तथा युवा उद्यमी लिलाबल्लभ दाहाल...

उत्तरी नाकाको स्तरोन्नति बिना अर्थतन्त्र चलायमान हुँदैन : महासचिव पराजुली

उत्तरी नाकाको स्तरोन्नति बिना अर्थतन्त्र चलायमान हुँदैन...

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:५०

  काठमाडौं । नेपाल हिमालयन सिमापार वाणिज्य संघका महासचिव रामचन्द्र...

व्यवसायमैत्री एमआरपी प्रणाली आवश्यक : महासचिव नवीन लुइटेल

व्यवसायमैत्री एमआरपी प्रणाली आवश्यक : महासचिव नवीन...

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:४७

  काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघका महासचिव नवीन लुइटेलले...

उत्पादन र प्रविधिमैत्री नीति बिना आर्थिक आत्मनिर्भरता सम्भव छैन : वरिष्ठ उपाध्यक्ष सुर्य कँडेल

उत्पादन र प्रविधिमैत्री नीति बिना आर्थिक आत्मनिर्भरता...

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:४४

काठमाडौँ । नेपाल घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष...

सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई बजेटमार्फत वैध बनाइयोस् : रमेश घिमिरे

सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई बजेटमार्फत वैध बनाइयोस्...

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:३८

  काठमाडौँ । नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष रमेश घिमिरेले...