IME Life
NIMB

विधान संशोधन र नेतृत्व चयनबारे छलफल गर्न आज इप्पानको विशेष भेला

NIMB
Himalayan Bank

 

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को संस्थागत सुदृढीकरण, नेतृत्व चयन प्रक्रिया तथा ऊर्जा क्षेत्रको विकासबारे छलफल गर्न मंगलबार विशेष अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ । ‘ऊर्जा क्षेत्रको विकासका लागि अबको इप्पान’ विषयक कार्यक्रम आज साँझ ४ बजे बालुवाटारस्थित सिल्भर वर्क पार्टी प्यालेसमा हुने आयोजकले जनाएको छ । कार्यक्रममा इप्पानको संस्थागत सुधार, नेतृत्व प्रणाली, आगामी निर्वाचनको रणनीति तथा २३ औँ वार्षिक साधारणसभाबाट पारित विधान संशोधनसम्बन्धी विषयमा विस्तृत छलफल गरिनेछ ।

इप्पानका अनुसार २४ औँ वार्षिक साधारणसभाको एजेन्डाका रूपमा रहेको विधान संशोधन प्रस्तावलाई केन्द्रमा राखेर ऊर्जा उद्यमीहरूबाट राय–सुझाव संकलन गरिनेछ । प्राप्त सुझावका आधारमा आगामी नेतृत्व चयन र संस्थागत सुधारको दिशा तय गर्ने उद्देश्य रहेको बताइएको छ ।

हालको विधानअनुसार इप्पानको अध्यक्ष बन्न कार्यसमितिमा प्रवेश गरेपछि विभिन्न पद हुँदै वरिष्ठ उपाध्यक्षसम्म पुग्न करिब नौ वर्ष लाग्ने व्यवस्था छ । यही व्यवस्थाले नेतृत्वमा सीमित समूहको प्रभाव कायम राखेको र नयाँ पुस्ताका व्यवसायीहरूको अवसर खुम्चिएको भन्दै दुईतिहाइभन्दा बढी सदस्यहरूको समर्थनमा विधान संशोधनको पहल अघि बढाइएको आयोजकको दाबी छ ।

कार्यक्रमको आयोजना विधान संशोधनपछि निर्वाचन र नेतृत्व निर्माणको पक्षमा रहेको परिवर्तनकारी समूहले गरेको हो । उक्त समूहमा इप्पानका महासचिव बलराम खतिवडा, उपाध्यक्ष भरतबहादुर खत्री, उपमहासचिव प्रकाशचन्द्र दुलाल, सचिव भरत नेपालसहित दुई दर्जनभन्दा बढी जलविद्युत् व्यवसायी संलग्न रहेका छन् । भेलामा इप्पानका अध्यक्ष गणेश कार्की, वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगी तथा पूर्वअध्यक्षहरू कृष्णप्रसाद आचार्य, शैलेन्द्र गुरागाईं, डा. सुवर्णदाश श्रेष्ठ र डा. सन्दीप शाह लगायतको उपस्थिति रहने जनाइएको छ ।

आयोजकले ऊर्जा व्यवसायी, लगानीकर्ता, पत्रकार तथा अन्य सरोकारवालालाई कार्यक्रममा सहभागी भई सुझाव दिन आग्रह गरेको छ । कार्यक्रमबाट ऊर्जा क्षेत्रका सरोकारवालाबीच साझा धारणा निर्माण गर्दै इप्पानलाई थप लोकतान्त्रिक, पारदर्शी, एकताबद्ध र प्रभावकारी बनाउने विषयमा सहमति खोजिने अपेक्षा गरिएको छ ।

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...