‘भिभो समर सरप्राइज’ सार्वजनिक, स्मार्टफोन खरिदमा ५५ इन्च स्मार्ट टिभी जित्ने मौका
Tuesday Jun 09, 2026
वि.सं.२०८३ जेठ २६ मंगलवार २१:५१
काठमाडौँ । नेपालका अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले गर्मीयाम र आगामी फुटबल विश्वकपको उत्साहलाई लक्षित गर्दै ‘भिभो समर सरप्राइज’ अभियान सार्वजनिक गरेको छ।
जेठ २५ गतेदेखि असार २३ गतेसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत ग्राहकहरूले भिभो स्मार्टफोन खरिद गर्दा आकर्षक उपहार प्राप्त गर्नुका साथै मेगा लक्की ड्रमार्फत विशेष पुरस्कार जित्ने अवसर पाउनेछन्।
कम्पनीका अनुसार अभियान अवधिभर देशभरका आधिकारिक भिभो रिटेल आउटलेटबाट स्मार्टफोन खरिद गर्ने ग्राहकहरू स्वतः लक्की ड्रमा सहभागी हुनेछन्। लक्की ड्रमार्फत भिभो वाई–३१डी, भिभो भी–४०ई लगायत ५५ इन्चको स्मार्ट टिभी पुरस्कारका रूपमा प्रदान गरिनेछ।
भिभो नेपालका ब्रान्ड म्यानेजर दीपेश खनालले कम्पनीले ग्राहकलाई उत्कृष्ट स्मार्टफोन अनुभवसँगै थप उत्साहजनक अवसर प्रदान गर्ने उद्देश्यले अभियान सञ्चालन गरेको बताए।
उनले ‘भिभो समर सरप्राइज’ अभियानमार्फत ग्राहकहरूले आकर्षक उपहार र विशेष पुरस्कार जित्ने अवसर पाउने उल्लेख गर्दै यसले स्मार्टफोन खरिद अनुभवलाई अझ रोमाञ्चक बनाउने विश्वास व्यक्त गरे।
भिभोले पछिल्ला वर्षहरूमा आधुनिक डिजाइन, उन्नत क्यामेरा प्रविधि तथा भरपर्दो स्मार्टफोन अनुभवमार्फत नेपाली उपभोक्तामाझ आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ। कम्पनीका अनुसार नयाँ अभियानले ग्राहकप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाउनेछ।
ग्राहकहरूले जेठ २५ देखि असार २३ सम्म देशभरका आधिकारिक भिभो रिटेल आउटलेटमा गई अभियानमा सहभागी हुन तथा विभिन्न पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन्।
























